Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

तपाईलाई थाहा छ -यस्तो मास्कले कोरोना शतप्रतिशत रोक्छ

खबरडबली संवाददाता

स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कले कोरोनाभाइरस सङ्क्रमण रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने एक अध्ययनले देखाएको छ।
‘कोभिड सङ्क्रमण खतरा घटाउँछ

केम्ब्रिज विश्वविद्यालय अस्पताल एनएचएस फाउन्डेशन ट्रस्टको अध्ययनले एफएफपीथ्री भनिने उच्च गुणस्तरको मास्कले शत प्रतिशतसम्म सुरक्षा दिने बताएको छ।

तर साधारण सर्जिकल मास्क लगाउने स्वास्थ्यकर्मीमा भने तुलनात्मक रूपमा भाइरस सङ्क्रमण हुने जोखिम उच्च हुन्छ।

कोभिडको नियमित परीक्षणमा सहभागीको तथ्याङ्कको आधारमा सो निष्कर्ष निकालिएको हो।
यूकेको राष्ट्रिय निर्देशिकामा स्वास्थ्यरकर्मीले केही निश्चित परिस्थितिबाहेक अरूबेला सर्जिकल मास्क लगाउनुपर्ने उल्लेख छ।

सर्जिकल मास्कहरूबाट पानी नछिर्ने भए पनि खुकुलो हुने भएका कारण हावामा हुने सूक्ष्म भाइरसका कणहरू स्वास्थ्यकर्मीमा प्रवेश पाउन सक्ने बताइन्छ।

अध्ययनले रेड वार्डमा रहेका कोभिड बिरामीको रेखदेख गर्नेहरूमा ग्रीन वार्ड वा ननकोभिड वार्डमा काम गर्नेको तुलनामा ४७ प्रतिशतले जोखिम बढी हुने देखाएको छ।
प्रमुख अनुसन्धानकर्ता डा. मार्क फेरिसले कोभिड नलागोस् भनेर अनेक उपाय गर्दा पनि अस्पतालका कर्मचारी सङ्क्रमित बन्दै आएको बताए।

त्यसैले गत डिसेम्बरमा कोभिडको दोस्रो लहर सुरु हुँदा केम्ब्रिजका व्यवस्थापकहरूले रेड वार्डमा काम गर्नेहरूका लागि मास्कको गुणस्तर बढाउने निर्णय गरेका थिए।

डा. फेरिसले भने, “एफएफपीथ्री प्रयोग गरे के होला भनेर हेर्न बाँकी थियो, त्यही गरियो।”

एफएफपीथ्री लगाउँदा खुकुलो हुँदैन र एरोसोल फिल्टर गर्ने गरी विशेष डिजाइन गरिएको छ।

यो मास्क लगाउन थालेपछि रेड वार्डमा काम गर्ने स्वास्थ्यकर्मीमा सङ्क्रमण दर ह्वात्तै घट्यो र त्यो ग्रीन वार्ड वा कोभिड बिरामी नभएका वार्डको काम गर्ने स्वास्थ्यकर्मीकै हाराहारीमा हुन पुग्यो।

अध्ययनमा एफएफपीथ्री मास्कले कोभिड १९ बिरामीबाट स्वास्थ्यकर्मीमा रोग सर्ने कुरा ३१ देखि सम्भवतः १०० प्रतिशतसम्म झर्‍यो।

जसलाई सङ्क्रमण भयो त्यो पनि अस्पतालका कारण भन्दा पनि समुदायमा रहेको सङ्क्रमणका कारण भएको हुन सक्ने देखियो।

अध्ययनले तरल पदार्थ नछिर्ने सर्जिकल मास्कहरू स्वास्थ्यकर्मीलाई जोगाउन ‘अपर्याप्त’ रहेको बताएको छ।
“वास्तविक प्रयोगमा आधारित अध्ययनले सर्जिकल मास्कभन्दा एफएफपीथ्री मास्क वास्तवमा प्रभावकारी भएको प्रमाण मिलेको छ,” अध्ययन समूहका सदस्य डा. माइक वीक्सले भने।

उनले भने, “निश्चित रूपमा यो सानो तहमा गरिएको अध्ययन हो हामीले अन्यत्र पनि यस्तै गरेर हेर्नुपर्ने हुन्छ।”

“तर परिणामका आधारमा भन्नुपर्दा सावधानी अपनाउन कोरोनाभाइरसका बिरामी हेर्ने स्वास्थ्यकर्मीलाई एफएफपीथ्री मास्क दिनु उचित हुन्छ।”
केम्ब्रिज ट्रस्ट लगायत यूकेका १७ अन्य निकायले राष्ट्रिय निर्देशिका जे भए पनि पीपीईको गुणस्तर बढाउने निर्णय गरिसकेका छन्।

कोभिडसम्बन्धी काम गर्ने स्वास्थ्यकर्मीलाई एफएफपीथ्री मास्क उपलब्ध गराउन ब्रिटिश मेडिकल असोशियशन, द रोयल कलेज अफ नर्सिङ र अन्य व्यावसायिक निकायले लामो समयदेखि माग गर्दै आएका छन्।

यो महिनाको सुरुमा उच्च अधिकारीहरूसँग भएको बैठकमा पनि हावाले सर्ने यो रोग फैलिन रोक्न उच्च गुणस्तरका पीपीई उपलब्ध गराउन ती व्यावसायिक निकायले अनुरोध गरेका थिए।

द फ्रेस एअर एनएचएस परामर्श दाता र चिकित्सकहरूले नयाँ स्वास्थ्यमन्त्री साजिद जावेदलाई खुला पत्र लेख्दै केम्ब्रिजको नयाँ अध्ययन सरकारको अहिलेको नीति परिवर्तन गर्नुपर्ने प्रमाण भएको बताएका छन्।

एफएफपीथ्री मास्क सर्जिकल मास्कभन्दा अलि असजिलो लाग्ने भए पनि सर्भेहरूले कर्मचारीहरूले उच्च तहको सुरक्षा नै चाहने गरेको देखाएका छन्।

स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागका प्रवक्ताले पीपीई मापदण्ड उपलब्ध वैज्ञानिक तथ्याङ्कका आधारमा नियमित रूपमा अद्यावधिक गर्ने गरिएको बताए।

-बिबिसीबाट साभार गरिएको

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies