Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

किन ढुंगाको आँशु झार्छिन् यी बालिका ? विज्ञान चिकित्सकले भने कुनै वैज्ञानिक आधार छैन

खबरडबली संवाददाता

एजेन्सी । भारतको एक दुर्गम क्षेत्रकी १५ वर्षीया एक बालिकाको आँखाबाट दैनिक रुपमा ढुंगा निस्कने गरेको छ । पछिल्लो दुई महिनादेखि यस्तै हुँदै आइरहेको छ, तर डाक्टरलाई नै यसको चिकित्सकीय कारण थाहा छैन ।  यी बालिकाको परिवारका अनुसार गत जुलाई १७ देखि उनको आँखाबाट साना ढुंगाहरु खस्न थालेका थिए । त्यसयता, दैनिक रुपमा उनी १० देखि १५ पटक यसरी ढुंगा झार्दै रुन्छिन् । 

यस्तो समस्या सुरु भएयता परिवारले उनको आँखाबाट झरेका झन्डै ७० वटा स–सना ढुंगाहरु संकलन गरेर राखेको छ ।  चाँदनी नामकी  यी बालिकाको आँखाबाट बिहानै ६ बजे साना ढुंगाहरु झर्न थाल्छन् र साँझसम्म यो क्रम जारी रहन्छ । तर, रातको समयमा भने ढुंगा झर्दैन । 

केही दिनअघि भाइरल भएको छोटो भिडियोमा चाँदनीको देब्रे आँखाबाट सानो ढुंगा झरेको देखिन्छ । यसको छोटो समयपछि दायाँ आँखाबाट अर्को ढुंगा झर्छ । र उत्तर प्रदेश राज्यस्थित गादिया बलिदस्पुर गाउँका चाँदनीका गाउँले र उनका आफन्तहरु यी बालिकाले रुँदै ढुंगा झार्ने गरेको विषयमा सहमत छन् । तर, नेत्र विज्ञानका ज्ञाताहरु यस्तो विषय असम्भव रहेको बताउँछन् । 

भारतका चर्चित नेत्र विज्ञान चिकित्सक डाक्टर अवदेश कुमारले यस्तो कुराको कुनै वैज्ञानिक आधार नरहेको बताए । उनले चर्चामा आउनका लागि बालिका आफैंले आँखामा ढुंगा हालेको वा अरु कसैले यस्तो गरिदिएको हुनसक्ने बताए ।

कदुर्गा आँखा अस्पतालका निर्देशक डाक्टर निरज गुप्ताले यस्तो विषय चिकित्सा विज्ञानसम्मत नरहेको र चर्चाका लागि यस्तो गरिएको हुनसक्ने बताए । गरिबीका कारण चाँदनीको परिवारले परीक्षणका लागि व्यवसायिक चिकित्सकहरुलाई देखाउन सकेको छैन । त्यहीकारण उनको स्वास्थलाई लिएर देखिएको रहस्यको गुत्थी पनि सुल्झिएको छैन । एजेसीको सहयोगमा

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...

बाजुराका ९३ बस्ती पहिरोको उच्च जोखिममा, ४९ बस्ती स्थानान्तरणको प्रतीक्षामा

बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा बन्दसत्र सुरु, तीन प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...

ग्यासको हाहाकारपछि काठमाडौंका पाँच ठाउँमा यसरी भइरहेको छ बिक्री

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...

अपडेट: रोकिएको बस गुड्दा नुवाकोटमा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...

रोकिएको बस आफैं गुड्दा नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...

रोक्का बजेट फुकुवा नहुँदा पूर्वाधार निर्माण प्रभावित

तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म

नारायणगढमा झडप हुँदा चार जना घाइते

नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending