Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

खबरडबली संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज छ अङ्क बढीले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ६८ अङ्कले घटेर दुई हजार ५७० दशमलव ८१ अङ्कमा पुगेको छ ।
 
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २८ अङ्कले घटेर ४८४ दशमलव ९८ अङ्कमा पुगेको छ । नेप्से परिसुचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

कूल २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर रु तीन अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५मा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहका शेयर उकालो लागेका छन् । होटल तथा पर्यटन १२ दशमलव ८, जीवन बीमा पाँच दशमलव ६२, लघुवित्त ७२ र अन्य २१ दशमलव ६१ अङ्कले बढेका छन् । 

यस्तै बैंकिङ् तीन दशमलव ८८, विकास बैंक ८६ दशमलव ४, वित्त ५२ दशमलव ९३, जलविद्युुत् ६५ दशमलव ०८, लगानी शून्य दशमलव ६४, उत्पादन ३२ दशमलव ४३, सामूहिक लगानी कोष शून्य दशमलव १०,  निर्जीवन बीमा १३ दशमलव १७  अङ्कले घटेका छन् ।

कारोबारका आधारमा आज युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १२ करोड १२ लाख १६ हजार ७७४ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल बैंक लिमिटेड रु ११ करोड ३५ लाख १४ हजार ९८६, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ९६ हजार ८३९, नेशनल हाईड्रोपावर रु नौ करोड ५४ लाख १३ हजार ६७८ र रैराङ्ग हाईड्रोपावर रु नौ करोड २२ लाख ७४ हजार ३१ मूल्यमा कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा आशा लघुवित्त वित्तीय संस्था कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै  मैलुङ खोला  जलविद्युत् कम्पनी, सपोर्ट लघुवित्त, मिथिला लघुवित्त, महिला लघुवित्तका लगानीकर्ताले नौ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

आजको कारोबारमा मनकामना स्मार्ट लघुवित्त नौ दशमलव ३८, दिव्यश्वरी हाईड्रोपावर सात दशमलव १९  राधि विद्युत् कम्पनी छ दशमलव ५७, माउण्टेन हाइड्रोपावर छ दशमलव २३ र ङादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले छ दशमलव ०८ प्रतिशतले गुमाए । शेयर कारोबार हुने साताको दोस्रो दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर रु ३५ खर्ब ९८ अर्ब ६८ करोड ६८ लाख ८० हजारको हाराहारीमा ओर्लेको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...

एक्लिँदै देउवा : एकै दिनमा शीर्ष नेताहरूले तोडे साथ, नयाँ नेतृत्वतर्फ आकर्षण

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिकारिकतासँगै शेरबहादुर देउवा झन् एक्लिँदै जान थालेका छन् । आफैंले कार्य...

बडीमालिकामा छतबाट खस्दा वृद्धाको मृत्यु

काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–९ गैरीबजारमा आफ्नै घरको छतबाट खस्दा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक...

को हुन् रञ्जित तामाङ ? जो झापा–५ बाट नेकपाका उम्मेदवार बन्दै छन्

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट रञ्जित तामाङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरे...

झापाको पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । झापा निर्वाचन क्षेत्र नं ३ को निर्व...

देउवा पक्षको बैठकमा शेखर समुह सहभागी नहुने

काठमाडौँ । नेपाली कांग्रेसबाट विभाजित बनेको देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइरालाको समूह अनुपस्थित हुने भएको छ । सानेपास्थित पार्टी कार्...

क्यानडा पठाइदिने भन्दै दुई लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। रोजगारीका लागि क...

आज यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठ...

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं ।  निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगाम...

विश्वप्रकाश शर्माको सन्देश : छुटेका सबैलाई जोडेर नयाँ कांग्रेस बनाउँछौँ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending