कास्की । पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । बजारमा दसैँको किनमेल गर्नेको भीड बढेको र उपभोक्ता चर्को मूल्य तिर्न बाध्य बनेका गुनासासँगै अनुगमन सुरु गरिएको महानगरले जनाएको छ ।
उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार चाउथेस्थित खसी बजारको अनुगमन गरिएको थियो । पोखरा र यस क्षेत्रलाई केन्द्रित गरी सो बजारबाट मुख्य गरी खसी, बोका बिक्री हुँदै आएको छ । व्यवसायीले दाङ, सुर्खेत, कैलाली, प्युठान, अर्घाखाँचीलगायतका जिल्लाबाट बजारमा खसी÷बोका आपूर्ति गर्दै आएका छन् । चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मूल्यवृद्धि गर्ने गरेको गुनासो आउने गरेका कारण अनुगमन गरेको महानगर उपप्रमुख गुरुङले भने, “चाडपर्वमा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले पोखरामा बजार अनुगमनलाई निरन्तरता र तीव्र बनाउनेछौं ।”
महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले दसैँमा मासुजन्य पदार्थमा उपभोक्ता बढी ठगिन सक्ने भएकाले स्थलगत अनुगमन गरिएको बताए। यस वर्ष खसी बोका र च्याङ्ग्राको मूल्य विगत भन्दा धेरै वृद्धि भएको गुनासो उपभोक्ताको छ । दसैँको समयमा बढी खसी, बोका तथा च्याङ्ग्रा बिक्री हुने स्थलमा नियमित अनुगमन गरिने उहाँले जानकारी दिए। उनका अनुसार हेमजा, बगर र चाउथेलगायत स्थानमा दसैँभर अनुगमन गरिनेछ ।
अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्तालाई बढी मूल्य नलिन र बिरामी खसी बोकालाई छुट्टै राख्ने व्यवस्था गर्न सुझाव दिएको अधिकारीले जानकारी दिए । चाउथेमा सञ्चालित सुनिल फ्रेस हाउस बिना दर्ता सञ्चालन भएको पाइएपछि बन्द गराइएको छ । महानगरमा दर्ता नगरी सञ्चालन गरिएको पाइएकाले दर्ता गरेर मात्रै सञ्चालन गर्न निर्देशनसहित पसल बन्द गराइएको महानगरले जनाएको छ ।
चाडपर्वमा म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने, बढी मूल्य लिने र बिना इजाजत पसल सञ्चालन गर्ने गरेको गुनासो आउने गरेको बताइन्छ । गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले समेत खसी तथा च्याङ्ग्रा बजारको अनुगमन सुरु गरिएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: