सुर्खेत - मुगुमा मङ्गलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् ।
छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उनीहरुले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
मुख्यमन्त्री शाहीले दुर्घटनाको सूचना पाउन बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधिलगायतलाई धन्यवाद दिएका छन् ।
त्यस्तै, चाडपर्वका बेला सवारीसाधनमा हुने भीडभाड कम गर्न, सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्न तथा ट्राफिक नियमको पालनालाई कडाइ गरी दुर्घटना न्यूनीकरणको व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालालाई निर्देशनसमेत दिनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।
नेपालगञ्जबाट सोमबार छुटेको भे १ ख ३१६७ नम्बरको यात्रुबाहक बस मङ्गलबार मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिकाको वडा नं ७ स्थित पिनातपने खोला नजिकै दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी ३२ जनाको मृत्यु हुनुका साथै १३ घाइते भएका थिए । घाइतेको मुगु जिल्ला अस्पताल, बाँकेको नेपालगञ्ज र कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ५ गते, २०७८ - २०:१५
कलैया । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमानामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरे...
कार्तिक ५ गते, २०७८ - १९:४२
कञ्चनपुर । लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् । खेतमा सुका...
कार्तिक ५ गते, २०७८ - १९:२७
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४४६ जनाको पिसीआर...
कार्तिक ५ गते, २०७८ - १९:१४
सिन्ह्वा । नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट ती बालबालिका अपहरणमा प...
आश्विन ३१ गते, २०७८ - १२:२८
जनकपुरधाम - जनकपुरमा एक युवाको शव भेटिएको छ । घाँटी काटेर हत्या गरेको अवस्थामा नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान ३५ वर्षीय पुरुषको श...
आश्विन ३१ गते, २०७८ - ११:५७
पाल्पा : पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थ...
आश्विन ३१ गते, २०७८ - ११:५१
दमौली : सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना ग¥यो । उक्त कार्यालयलाई तनहुँको मात्र...
आश्विन ३१ गते, २०७८ - ११:३९
धनगढी : असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना सामान्य घाइते भएका छन् । सु...
आश्विन ३० गते, २०७८ - १०:४८
बलेवा : स्थानीय तहको निर्वाचन नहुँदा २०५४ सालयता गाउँ विकास समिति र नगरपालिकामा आएको बजेट खर्चमा विधि थियो र बैठक पनि हुने गरे पनि बजेटको विषयमा भने ब...
आश्विन ३० गते, २०७८ - १०:३१
भादगाउँ : धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एका...
प्रतिकृया लेख्नुहोस्: