Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

खबरडबली संवाददाता

काठमाडौ । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ । 

सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने तय भएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । 

केही समय पहिले चिनियाँ दूतावासका प्रतिनिधि निर्माणस्थल पुगेका थिए । सो अवसरमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, आयोजना प्रमुख र दूतावासका दुईजना प्रतिनिधिबीच सडक निर्माण अघि बढाउने विषयमा छलफल भएको उनको भनाइ छ । उक्त बैठकमा चिनियाँ पक्षले नेपाल सरकारले काम अघि बढाउनुपर्ने भनेको जानकारी गराएको थियो । उक्त सडक खण्डमा अहिले कतिपय स्थानमा बिजुलीको पोल स्थानान्तरणको समस्या रहेको योजना प्रमुख श्रेष्ठको भनाइ छ । 

सरकारले सन् २०१८ मा सो सडक चीन सरकारको सहयोगमा निर्माण गर्ने गरी सम्झौता भएको थियो । कोभिडभन्दा पहिले निर्माण कम्पनी निर्माणस्थल पुगेको थियो । त्यतिबेला चिनिँया नयाँ वर्षको कारण उनीहरु चीन गएको र त्यसपछि नफर्किएको उनले बताए । 

“तत्कालीन समयमा चिनियाँहरु नयाँ वर्ष मनाउने चीन गएपछि कोरोना महामारी सुरु भयो र उनीहरु समयमै फर्कन पाएनन्”, उनले भने । 

विसं २०७२ मा नाकाबन्दीपछि चीनतर्फको नाका खोल्नका लागि सरकारले सो योजनालाई प्राथमिकतामा राखेको थियो । भारत र चीन जोड्ने द्विदेशीय नाकाका रुपमा विकास गर्न खोजिएको योजनाले जनाएको छ । 

पहिले रसुवाबाट चीन जोड्न धुन्चेको बाटो प्रयोग हुने गरेको थियो । रसुवाको सदरमुकाम धुन्चे पुग्न बढी उचाइमा जानुपर्ने र साँघुरो, घुम्ती बढी भएकाले नयाँ सडकको अवधारणा ल्याइएको प्रमुख श्रेष्ठको भनाइ छ । 

बेत्रावतीबाट माथिल्लोतर्फ लाग्दा धुन्चे पुगिने र देब्रे लाग्दा त्रिशूलीको किनारैकिनार मैलुङहुँदै स्याफ्रुबँेसी गएर पुरानो बाटोमा भेटिन्छ । यो सडक खोलाको किनारै किनार जाने र साँघुरा घुम्ती नरहेको उनले बताए । लम्बाइका हिसाबले पनि सडक झण्डै २५ किमी छोटो हुनेछ । उनले भने, “तुलनात्मक रुपमा छोटो छ र उकालो ओरालो पनि कम रहेको छ ।”  

रसुवागढीसम्म पुग्ने सडक पृथ्वी राजमार्गको गल्छीबाट सुरु हुन्छ । गल्छीबाट नारायणगढहुँदै वीरगञ्जको थोरी हुँदै रक्स्यौल नाका जोड्न सकिन्छ । गल्छीबाटै सङ्घीय राजधानी काठमाडौँ वा पश्चिमतर्फ पोखरा वा बुटवल जान सकिन्छ । कोभिडको समयमा कुनै पनि काम नभएकामा अहिले निर्माण अघि बढाउने उद्देश्यले दातृ निकाय आउन थालेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए । 

स्याफ्रुबेँसी(रसुवागढी सडकमा निर्माण कम्पनी ठेक्का सम्झौता गरेर गएपछि नआएकोमा अहिले स्थलगत भ्रमण भएको श्रेष्ठले बताए । 

महाशाखाले यसबीच निर्माण अघि बढाउन इमेलमार्फत सम्पर्क गरिरहेको प्रमुख डा जैसीको भनाइ छ । उनीहरुले पहिले कोभिडका कारण आउन नसकेको भनेका थिए । कोभिडका कारण अघि बढ्न नसकेका आयोजना विशेष गरी चिनियाँ परियोजनामा गति लिने देखिएको छ ।

चीनसँग जोड्ने छोटो मार्गका रुपमा रहेको गल्छीबाट स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्मको सडक व्यापारिक हिसाबलेसमेत महत्वपूर्ण छ । विसं २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो । दुई देशबीचको छोटो दूरीको व्यापारिक मार्गका रुपमा स्थापित गर्ने सरकारको योजना थियो ।

योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्छ । चितवनको भण्डारालाई सुरु बिन्दु मान्दा भने चार जिल्लापर्छ । भण्डाराबाट गल्छीसम्मको सडक भने डिभिजन सडक कार्यालयले हेरिरहेको छ । 

सरकारले यसलाई उत्तर(दक्षिण राजमार्गका रुपमा सूचीकृत नगरे पनि भण्डाराबाट रसुवागढीसम्मको सडकले भारतको सीमा हुँदै चीनको सीमासम्म पुग्नेछ । गल्छीबाट मैलुङसम्मको सडकको लम्बाई ४६ किमी, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकको लम्बाइ १९ किमी रहेको छ । स्याफ्रुेबँसीबाट रसुवागढी झण्डै १७ किमी लम्बाइ छ । गल्छीबाट नै रसुवागढीसम्मको सडक ८२ किमी छ । 

Khabardabali Desk–GA

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले अरुण नदी थुनियो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । म...

प्रतिकूल मौसमका कारणहवाई उडान प्रभावित

काठमाडौ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।       भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तर...

यस्तो छ नेपाल टेलिकमको सूचना प्रविधि दिवस अफर

काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।        दिवसका अवसरमा कम...

स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौ । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ ।  सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने...

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्...

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

वाशिङ्गटन । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान  शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप...

आगलागी हुँदा एक बालकसहित सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालक...

मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक व...

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नाग...

आज हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको स...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies