बलेवा : स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरुको सरुवा गरेको छ । नयाँ नियुक्ती पनि गरेको छ । उनीहरुको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन ।
एकाइले लागत तथा रेकर्ड नराख्दा ती शिक्षक निवृत्त भएपछि पाउने सेवा सुविधामा समस्या पर्छ । अहिले पालिकाबाटै तलब भत्ता खाएकाले शिक्षकले केही थाहा पाएका छैनन्, तर जब ग्रेड, सरुवा भएको रेकर्ड र स्थायी फाइल खोज्नुपर्छ त्यतिबेला पालिकाम केही भेटिँदैन’ एकाइ प्रमुख कुश्मराज उपाध्यायले भने, “देशभर नभएको जात्रा बागलुङमा भएको छ ।” बागलुङ नगरपालिकाले त सामान्य बोधार्थसमेत नदिएर शिक्षकको लागत गोप्य राखेको उनले बताए ।
जिल्ला समन्वय समितिमा भएको वार्षिक समीक्षामा उनले उक्त गुनसो राखेका थिए । जिल्लामा अहिले पनि कति शिक्षक दरबन्दी आवश्यक छ, कति जना कुन पालिकामा पठाउने भनेर खोजी भइरहेको उनले जानकारी दिए ।
“हामीले खोजी गरेर शिक्षा मन्त्रालयमा माग गरिरहेका छौँ, तर पालिकाले नियुक्त गरेको भए कतै पनि रेकर्ड देखिँदैन”, उनले भने, “शिक्षा मन्त्रालयमा दरबन्दी विवरण पठाउने जिल्लाको एकमात्रै आधिकारिक संस्था एकाइ हो ।”
नयाँ नियुक्त भएका र सरुवा भएका शिक्षकको फाइल भिडाउने, कागजात संरक्षण गर्ने काम नभएकोले पछि उनीहरुले दुःख पाउने उनले बताए ।
शिक्षा मन्त्रालयले एकाइलाई नै अधिकार दिएको उनको भनाइ छ । झट्ट हेर्दा शिक्षा विकास तथा समन्वय एकाइमा कामै छैन । त्यसैले धेरै दरबन्दी पनि कटौती भएका छन् । सबै पालिका तहमा शिक्षा शाखा स्थापना पनि भएको छ । त्यसैले एकाइको काम छैन भनेर टिप्पणी गर्ने धेरै छन् तर उक्त टिप्पणी जिल्लाकै लागि घातक हुने एकाइ प्रमुख उपाध्यायको टिप्प्णी छ ।
उनका अनुसार जिल्लामा अहिले पनि ४५० बढी शिक्षक दरबन्दी चाहिएको छ । तीमध्ये एकाइमार्फत पछिल्लो दुई वर्ष १२८ शिक्षक दरबन्दी प्राप्त भएको छ ।
उनीहरुमध्ये धेरैलाई ढोरपाटन नगरपालिका, निसीखोला र बडिगाड गाउँपालिकामा पदस्थापन गरिएको उनले बताए । ती पालिकामा विद्यार्थी र विद्यालय सङ्ख्या धेरै र शिक्षक अनुपात कम थियो ।
सदरमुकामका विद्यालयमा भने शिक्षक दरबन्दी धेरै छ । दरबन्दी मिलान गर्दा पनि बजार क्षेत्रबाट केही शिक्षक अझै बाहिर जाने अवस्था आउने उनले बताए ।
केही दरबन्दी मिलान भए पनि अझै जैमिनी नगरपालिका र बडिगाड गाउँपालिकामा दरबन्दी मिलान हुन नसकेको एकाइको प्रतिवेदनमा उल्लेख छ । असारदेखि भूकम्प पुनःनिर्माण प्राधिकरणअन्र्तगत रहेको शिक्षा हेर्ने एकाइ पनि यहाँ गाभिएको छ ।
कर्मचारी कटौती भएकाले शिक्षाकै दरबन्दीले हेर्नुपर्ने बाध्यता छ तर एकाइमा लेखा अधिकृतसमेत छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट खटिएका अधिकृतले लेखा हेर्दा पुरानो बेरुजु घटाउन समस्या भएको छ ।
यसअघि भौतिक पूर्वाधारका कार्यक्रम कम भए पनि चालु वर्ष पूर्वाधार निर्माण पनि एकाइमा थपिएको उपसचिव कृष्णराज रेग्मीले जानकारी दिए । ती क्रियाकलापसँगै एकाइले कक्षा ११ र १२ को परीक्षा पनि हेर्ने गरेको छ । परीक्षा हेरेर वार्षिक रु ५० लाख राजस्वसमेत सङ्कलन गरेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८० - १३:५४
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । म...
बैशाख १७ गते, २०८० - १३:४९
काठमाडौ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तर...
बैशाख १७ गते, २०८० - १३:३८
काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम...
चैत्र २६ गते, २०७९ - १५:५१
काठमाडौ । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ । सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने...
चैत्र २६ गते, २०७९ - १५:३२
काठमाडौ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्...
चैत्र २६ गते, २०७९ - १५:२१
वाशिङ्गटन । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप...
चैत्र २६ गते, २०७९ - १५:०९
मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालक...
चैत्र २६ गते, २०७९ - १५:०३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक व...
चैत्र २६ गते, २०७९ - १४:५४
झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नाग...
चैत्र २५ गते, २०७९ - १०:३७
काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको स...




प्रतिकृया लेख्नुहोस्: