सिमकोट - हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ । कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्न बाध्य छन् । दसैँका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुन समेत कर्जामा राखेका जनाइएको छ ।
ताँजाकोट वडा २ का सिमान विश्कर्माले दसैँ मनाउँनका लागि चरम आर्थिक अभाव भएको गुनासो गरे । उनले भने, ,“ म सधै कमाई गर्न भारत जान्थे । गत वर्ष र यस वर्ष कोरोना महामारीको डर लागेर जान पाइएन । श्रीमतीको कानमा लगाउने आधा तोलाको सुनको गहना विक्री गरेर दसैँ मनाउने जोहो छु । ”
वर्षको एक पटक आउने चाड भएका कारण सबैको घरमा मीठो मसिनो खाएर रमाउने देखेर आफुले पनि घरमा जे जति भएको त्यहि सुनको गहाना विक्री गरेर दसैँ मनाउन लागेको उनको भनाइ थियो । उनले भने, “रोजगारीका लागि भारत, चीन लगायतका देशमा गएर काम गरेर दसँै मनाउन पैसा कमाइन्थ्यो । यस वर्ष त्यसो हुन सकेन् ।”
यस्तो पीडा उहाँको मात्र नभई जिल्लाका अन्यको पनि उस्तै छ । सिमकोट गाउँपालिका वडा ६ का रामबहादुर सुनारले यस वर्षको दशैँ आर्थिक अभावका कारण मनाउन नसकिएको बताए ।
दशैँमा निको नौलो, मिठो मसिनो खाने रहरमा राष्ट्रिय बाणिज्य बैँकमा सुन राख्न जाँदा बैँकले सुन नराखेपछि यस वर्षको दसैँ दसा जस्तै भएको उहाँको गुनासो छ । कोरोना कहरका कारण यहाँको हिल्सा नाका नखुलेपछि यस वर्ष खसिको मूल्य पनि यहाँ आकासिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ५ गते, २०७८ - २०:१५
कलैया । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमानामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरे...
कार्तिक ५ गते, २०७८ - १९:४२
कञ्चनपुर । लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् । खेतमा सुका...
कार्तिक ५ गते, २०७८ - १९:२७
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४४६ जनाको पिसीआर...
कार्तिक ५ गते, २०७८ - १९:१४
सिन्ह्वा । नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट ती बालबालिका अपहरणमा प...
आश्विन ३१ गते, २०७८ - १२:२८
जनकपुरधाम - जनकपुरमा एक युवाको शव भेटिएको छ । घाँटी काटेर हत्या गरेको अवस्थामा नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान ३५ वर्षीय पुरुषको श...
आश्विन ३१ गते, २०७८ - ११:५७
पाल्पा : पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थ...
आश्विन ३१ गते, २०७८ - ११:५१
दमौली : सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना ग¥यो । उक्त कार्यालयलाई तनहुँको मात्र...
आश्विन ३१ गते, २०७८ - ११:३९
धनगढी : असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना सामान्य घाइते भएका छन् । सु...
आश्विन ३० गते, २०७८ - १०:४८
बलेवा : स्थानीय तहको निर्वाचन नहुँदा २०५४ सालयता गाउँ विकास समिति र नगरपालिकामा आएको बजेट खर्चमा विधि थियो र बैठक पनि हुने गरे पनि बजेटको विषयमा भने ब...
आश्विन ३० गते, २०७८ - १०:३१
भादगाउँ : धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एका...
प्रतिकृया लेख्नुहोस्: