Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

आयुर्वेद सेवा लिने बढ्दै

खबरडबली संवाददाता

पाल्पा  : पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थालेका छन् ।   

आयुर्वेद औषधिमा विश्वास कम गर्ने र मेडिकल तथा अन्य अस्पतालमा सेवा लिन धाउने बिरामी हिजोआज आयुर्वेद औषधालयमा सेवा लिने गरेको पाइएको छ । 

विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ । यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दो छ । 

आर्थिक वर्ष २०७७÷७८ मा ४१ हजार ९९३ जनाले सेवा लिएका छन् भने आव ०७६÷७७ मा ३२ हजार ७२१ जनाले सेवा लिएको पाइएको छ । 

आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् । गाउँघरमा पाइने बहुमूल्य वानस्पतिबाट तयार पारिएको आयुर्वेद औषधिको सेवन स्वास्थ्यका लागि फाइदाजनक भएकाले नियमित रुपमा सेवन गरिरहेको रामपुरका हरिकला ढकाल बताउँछन् ।

“एउटा रोगको आयुर्वेदको औषधि खाएपछि अर्को रोग भएमा पनि त्यसले कुनै असर नगर्ने र नियमित आयुर्वेद औषधि प्रयोग गर्न थालेपछि मज्जाले खाना खान रुच्ने, शरीर नै स्वस्थ बनेको छ,” उनले भने । 

सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये आयुर्वेद औषधालयबाट २३ प्रकारका औषधि पाइन्छ । यो सबै आयुर्वेद स्वास्थ्य संस्थामा नियमित उपलब्ध छ । 

नियमित रुपमा आयुर्वेदको औषधि खान थालेपछि पेट दुख्ने, खान अरुचि हुने जस्ता विभिन्न समस्या सबै निको भएको बताउँछन्, मथुरा रेग्मी । उनले आयुर्वेद औषधालयबाट अहिले नियमित रुपमा औषधि उपचार सेवा लिँदै आएका छन् । 

जिल्लाका विभिन्न आयुर्वेद स्वास्थ्य संस्थाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्वकर्म पञ्चकर्म, गाउँघर क्लिनिक, शिविर, घर घरमा आयुर्वेद सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।

यस्तै क्वारेन्टिनमा कोभिड नियन्त्रण तथा चौध दिने योग प्याकेज कार्यक्रम, कोरोना पोजेटिभ बिरामीहरुका लागि आइसोलेसन सेन्टर र घरघरमा सेवा, प्रतिरोधात्मक क्षमता बढाउने औषधि र व्यायाम सिकाउने कार्यक्रम सञ्चालन भएका छन् ।

विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, जडीबुटी परिचयात्मक कार्यक्रम, स्वस्थ जीवन जस्ता कार्यक्रम चलाइएको पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमिक्त प्रमुख माधव बस्यालले जानकारी दिए ।

उनका अनुसार यस कार्यक्रममा नागरिकको उत्साहजनक उपस्थिति छ भने आयुर्वेद सेवा लिने बढेका छन् । 

“पहिले आयुर्वेद औषधि उपचार कमैले गराउने गर्थे भने पछिल्ला वर्षमा आयुर्वेद औषधि उपचारमा सेवा लिने बढ्दो रहेको छ, पेट, ग्याष्ट्रिक, खाना मन नलाग्ने, गानोगोला जस्ता समस्या लिएर बिरामीहरु अस्पतालमा आउने गरेका छन्,” उनले भने ।

सरकारले सिफारिस गरेका औषधिहरु बिरामीको स्वास्थ्य जाँच गरेर मात्रै वितरण भइरहेको रामपुर नगरपालिका आयुर्वेद शाखाप्रमुख चेमनप्रकाश पोखरेल बताउँछन् । 

उनका अनुसार नियमित रुपमा आयुर्वेद औषधि सेवन गर्ने बिरामी बढिरहेका छन् । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजित लगायतका विभिन्न वानस्पति वस्तुहरु मिसाएर बनाइएको औषधि स्वास्थ्यका लागि हित मानिन्छ । 

सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने रामपुर नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एकवटा आयुर्वेद औषधालय रहेका छन् । 

यस्तै गत आर्थिक वर्षमा रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ भने तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ । रासस

Khabardabali Desk–GA

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले अरुण नदी थुनियो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । म...

प्रतिकूल मौसमका कारणहवाई उडान प्रभावित

काठमाडौ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।       भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तर...

यस्तो छ नेपाल टेलिकमको सूचना प्रविधि दिवस अफर

काठमाडौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।        दिवसका अवसरमा कम...

स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइने

काठमाडौ । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी(रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ ।  सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने...

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्...

अमेरिकी न्यायमन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

वाशिङ्गटन । अमेरिकी न्यायमन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान  शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप...

आगलागी हुँदा एक बालकसहित सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालक...

मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक व...

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नाग...

आज हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको स...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies