Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank

उर्लियो महाकाली : तटीय क्षेत्रमा कटान सुरु, बस्ती डुबानमा

खबरडबली संवाददाता

कञ्चनपुर । लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए। “निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग (भाइरल रोडं) नदीले कटान गरिरहेको छ”, प्रवक्ता न्यौपानेले भने, “पारी दोधारा चाँदनीतर्फ पनि नदी किनारका बस्तीमा पानी पस्न थालेको छ ।”

यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्रहरीले जनाएको छ । उता दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ । महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिए।

उनले प्रहरीको विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रहरी कार्यालयको टोलीसहित तटीय क्षेत्रमा उद्दारमा खटिएको जानकारी दिए। “यहाँ करिब ३०० घर प्रभावित भएका छन् ।” उनले भने, “धेरैलाई सुरक्षित स्थानमा सारिएको छ ।” नेपाली सेना र सशस्त्र प्रहरी पनि बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि जाने तयारीमा छन् । लगातारका वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ ।

तटीय क्षेत्रका बस्ती डुबानमा 

महाकाली नदीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका छन् । आइतबारदेखिको अविरल वर्षा पछि महाकाली नदीको बहाव उच्च भएको छ । महाकाली तटीय क्षेत्र नजिकका सबै बस्तीमा बाढीको पानी पसेर डुबानमा पारेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका ब्रह्मदेवदेखि झोलुङगे पुलसम्मको पूरै बस्तीमा बाढीको पानी पसेको छ । दोधारा चाँदनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रका बस्ती समेत जलमग्न भएका छन् । रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली महाकाली नदीको बाढीको पानी पसेको क्षेत्रमा उद्धारमा खटिएको छ । 

“रातिदेखि नै उद्धारको कार्यमा खटिएका छौँ”, प्रहरी नायब उपरीक्षक न्यौपानेले भन्नुभयो, “मानवीय र चौपाया क्षति अहिलेसम्म भएको जानकारी आएको छैन । पानी घरभित्र पस्दा स्थानीय बासिन्दाको खाद्यान्नलगायतमा क्षति पुगेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा सार्ने कार्य भइरहेको छ ।” भीमदत्त नगरपालिकाको ब्रह्मदेव, ऐरी, ओदाली र दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर, शान्ति टोलमा गरी २०० बढी घर डुबानमा परेका छन् । महाकाली नदीको बाढीको पानीले कालोपत्रे गरिएको पहुँच मार्ग९भाइरल रोड०मा कटान गर्ने कार्य जारी राखेको छ ।

मार्गको ठाउँ ठाउँमा नदीले कटान गरेको छ । महाकाली नदीको बहाव बढेसँगै नदीको सीमा पुल वनवसाको आवतजावतमा समेत रोक लगाइएको छ । नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सवारी साधन र दुई लाख क्युसेक नाघे पछि पूरै आवतजावत बन्द गर्ने गरिएको छ ।  जिल्लाको मध्य माग भएर बग्ने दोदा९मछेली० नदीको बहावसमेत उच्च भएको छ । नदीको सुचना अबलोकन कर्ता पल्टा खुनाका अनुसार नदीको पानी चेतावनी तह पार गरेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक अवस्थामा रहन जानकारी दिने कार्य भइरहेको छ  । चुरे क्षेत्र भएर नदीको बहावसमेत बढेको छ । नदीमा पानीको बहाव बढेसँगै जग्गा कटानको कार्यसमेत तीव्ररुपमा भइरहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वले आमनागरिकको चाहनालाई पूरा गर्नुपर्छ : भण्डारी

गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा। चन्द्र भण्डारीले राजनीतिक दल र सरकारमा रहेका नेतृत्वले आमनागरिकको चाहनालाई पूरा...

दोहोरो नागरिकतालाई नेपालले स्वीकार्दैन : मन्त्री गुरुङ

गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको हो

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौँ । नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्...

गण्डकी प्रदेशमा ४५ हजारले एसईई दिने

लेखनाथ । गण्डकी प्रदेशका ११ जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४५ हजार सातसय ९६ विद्यार्थी सहभागी हुनेभएका छन् । प्रदेशका एक हजार त...

तुलसीपुरमा बस दुर्घटना हुँदा १४ जना घाइते

तुलसीपुर । घोराही तुलसीपुर सडक खण्डको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी ...

हिमतालको संरक्षणका लागि बजेट विनियोजन गर्नुपर्छः मन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताएको छन।  ललितपुरमा आयोजित नेपाल राष्ट...

च्यासलमा सुरू भयो एमाले सचिवालयको बैठक

काठमाडौँ । नेकपा एमालेको सचिवालयको बैठक सुरू भएको छ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपराहन्न १ बजेदेखि शुरु भएको हो । बैठकमा पछ...

स्ववियु निर्वाचन विवाद: क्याम्पसका १२ जना सञ्चालकले दिए सामुहिक राजिनामा

वालिङ । कालीगण्डकी गाउँपालिकास्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विवाद बढ्दै गएको छ । स्ववियु निर्वाचनमा अनावश्यक...

लुम्बिनीद्वारा मधेश प्रदेशलाई १५९ रनको मध्यम लक्ष्य

दाङ । युवा ब्याटर आकाश त्रिपाठीले धैर्यतापूर्ण ब्याटिङ गर्दै ७३ रन बनाएपछि लुम्बिनी प्रदेशले मधेश प्रदेशको टीमलाई १५९ रनको विजयी लक्ष्य दिएको छ ।  ...

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच महत्त्वपूर्ण वार्ता हुदै

काठमाडौँ । रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्नको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच महत्त्वपूर्ण कुराकानी हुने ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy