काठमाडाैं। पछिल्लो समयमा सहबास बजार विश्वमा नै फस्टाउँदै गएको छ । कतिपय देशहरुमा यौन बजार वैध छ भने कतिपय देशहरुमा बर्जित भएपनि गोप्य रुपमा सहबास बजार फस्टाइरहेको छ । ती मध्ये केही सेक्स बजार यस्ता छन् ।
थाइल्यान्डः थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । समलिंगीका लागि समेत त्यहाँ खुला छ । बैंककको पताया र पातपङमा यौनकर्मी बढी केन्द्रित छन् ।
नग्न नृत्य, पूर्ण यौन सुविधालगायत विभिन्न सेक्स शो त्यहाँ देखाइन्छ । बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम न्युड शो चलिरहेको देख्न पाउँछन् । त्यहाँका यौनकर्मी सरकारी कार्यालयमा दर्ता भएका छन् र उनीहरू नियमित कर तिर्छन् । त्यसैले उनीहरूको स्वास्थ्य र सुरक्षामा सरकारले समेत चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौन पर्यटन आरम्भ गरेको थियो ।
डाेमेनिकन रिपव्लिकः विश्व सहबास बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् ।
डोमिनिकन गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम उमेरका महिलासँग यौन सम्पर्क गरिनु गैरकानुनी मानिन्छ । तर, यहाँका अधिकांश यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह व्यापार दिन २ गुणा रात चौगुणाको दरले बढिरहेको छ ।
कम्बोडियाः कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर, यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ ।विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् । कम्बोडियामा यौन व्यवसायमा बालबालिका प्रयोग भएको भन्दै बेलाबेलामा चर्को आवाज उठ्ने गरेको छ ।
नेदरल्यान्डः नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ । त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन व्यवसायमा सामेल हुन्छन् । आम्सटर्डमकामा रहेको उक्त एरियाका होटल लजहरुमा समेत यौन बिक्री गर्ने व्यवसायी प्रशस्तै पाइन्छन् ।
केन्याः अफ्रिकी मूलुक केन्या पनि विश्वको यौन व्यवसाय चल्ने देशमा पर्छ । यहाँका मानिसहरु गरिबीका कारण यौन व्यवसायमा सामेल हुने गरेका छन् । तर केन्याको यौन बजार विश्वकै असुरक्षित यौनबजार मध्ये पर्छ ।
प्रतिकृया लेख्नुहोस्: