Ntc summer Offer
Khabar Dabali ५ चैत्र २०८१ बुधबार | 19th March, 2025 Wed
Investment bank

कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

खबरडबली संवाददाता

बैतडी । बैतडीका २४ हजार बालबालिकालाई  भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।  कात्तिक ७ र ८ गते  सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए।  

यस्तै  २१ हजार ५४ बालबालिकालाई जुकाको औषधि  खुवाइने कार्यक्रम रहेको छ । छदेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि  खुवाइनेछ ।  जसका लागि केन्द्रमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।  

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । 

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक–पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य कार्यालयको आग्रह रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

नवलपुर । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ।थुप्रिएको फोहोर वर्गीकरणमा समय लागेको भन्दै नयाँ फोहोर नउठाएपछि का...

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौं  । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।  भारतीय विदे...

लगातार तेस्रो दिन नेप्से परिसूचकमा निरन्तर गिरावट

काठमाडौँ। यो साताको  कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ।  अघिल्लो साता पनि लगातार घटेर नेप्से...

गणतन्त्र ल्याउन ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत हामीलाई सहयोग गरेकै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि  गणतन्त्र ल्याउन आफ्नो...

नौ महिनाको अन्तरिक्ष स्टेशनमा बसाइपछि घर फर्कंदै अन्तरिक्षयात्री

वासिङ्टन । नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका एक जोडी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट आफ्नो क्याप्सुल अलग भएपछ...

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयता...

सिद्धार्थमा अनेरास्ववियुमा गोदार सभापतिमा निर्वाचित

स्याङ्जा । सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदार निर्वाचित भएको छिन । फेदिखोला ...

हरेक नेपालीको थाप्लोमा झन्डै ९१ हजार रुपैयाँ ऋण, सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब ३ करोड

काठमाडौँ । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ९१ हजार रुपैयाँ बराबर परेको छ ।  फागुनसम्म सरकारले तिर्न बाँक...

मोरङको धनपालथान गाउँपालिकामा आगलागीः दुई बालबालिकाको मृत्यु, ८ घर जले

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ को कदमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालि...

पोखरा महानगरमा फोहोरमैला व्यवस्थापन गर्न 'कोसेली घर' निर्माण

कास्की । पोखरा महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागि ‘कोसेली घर’ निर्माण सुरु गरेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy