काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको छ । गृह मन्त्रालयमा शुक्रबार संगठनका इञ्चार्ज असिम आङबुहाङ लिम्बु, अध्यक्ष रमेश बसेलसहितको प्रतिनिधिमण्डलले ‘बर्हिगमित जनमुक्ति सेना नेपालको माग मुद्दा सम्बोधन सम्बन्धी प्रस्तावना बारे’ शीर्षकमा कार्यवाहक प्रधानमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै उनले माग अध्ययन गरेर सम्बोधन गर्न सकिने भएमा पहल गर्ने बताए । ‘हामी तपाईहरूले ज्ञापनपत्रमार्फत बुझाएका माग अध्ययन गर्छौ । त्यसपछि के गर्न सकिन्छ भनौंला,’ खाँणले भने ।
संगठनका अध्यक्ष बसेलले शान्ति प्रक्रियासँग जोडिएको मुद्दा भएकोले सम्बोधनको पहल गरिदिन आग्रह गरेका थिए । संगठनले बृहत् शान्ति सम्झौता पश्चात शैन्य शिविरमा राखी अनमिनले गरेको माओवादी लडाकू प्रमाणीकरणमा योग्यता नपुगेको भन्दै चार हजार नौ जना बर्हिगमनमा पारेको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा बर्हिगमित जनमुक्ति सेनाका घाइते तथा आपांगहरूको वर्गीकरण गरि परिचयपत्र प्रदान गर्ने, सोही परिचयपत्रका आधारमा सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्ने, विभिन्न बहानामा जेल परेका बर्हिगमितहरूलाई निशर्त रिहा र आम माफी दिनुपर्ने लगायतका माग राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - ०८:३५
काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त ६ सदस्य नियुक्त भएका छन् । गत मंगलबारको मन्त्रीस्तरिय निर्णयअनुसार परिषदका रिक्त पदमा ६ जना सदस्य...
पौष २५ गते, २०८१ - ०८:०५
काठमाडौं। डार्क सर्कल एक साझा समस्या हो, जुन आजकल केटा र केटी दुबैमा हुने गर्दछ । यसमा हाम्रो आँखाको मुनि कालो दाग बन्ने गर्छ, जसले अनुहारको सौन्द...
पौष २५ गते, २०८१ - ०७:४५
झापा। जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्। झापा प्रहरीले बुधबार प्रतिबन्धित लागु...
पौष २५ गते, २०८१ - ०७:१५
रौतहट । मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको सितलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द गरिन थालिएको छ । एकाबिहानै देखी लगातार हुस्सु, कुहि...
पौष २५ गते, २०८१ - ०७:०५
गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितक...
पौष २५ गते, २०८१ - ०६:३५
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पह...
पौष २४ गते, २०८१ - ११:२४
वीरगञ्ज । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।पछिल्ला दिन जिल्लामा बाक्लो...
पौष २४ गते, २०८१ - ११:२२
काठमाडौं । केही दिनअघि हिमपातले प्रभावित अमेरिका अहिले फेरि डढेलोबाट प्रभावित भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौ...
पौष २४ गते, २०८१ - ११:१८
बुटवल । शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा यातायात अवरुद्ध बनेको छ। नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्ड उकालो...
पौष २४ गते, २०८१ - ११:१३
काठमाडौं । सिमरा, भरतपुर र भैरहवामा जहाज उडान–अवतरणा अवरुद्ध भएकाे छ । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको ह...
प्रतिकृया लेख्नुहोस्: