काठमाडौँ । केएल राहुल भारतीय टी-२० टिमको कप्तान बन्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूले राहुल टी-२० को कप्तान बन्ने र विराट कोहली टी-२० विश्वकपपछि कप्तान छोड्ने समाचार दिइरहेका छन् ।
एएनआईले दिएको समाचारअनुसार रोहितले शर्मा पनि केही समय आराम गर्ने छन् । यहीबीचमा केएल राहुल कप्तानी सम्हाल्ने दौडमा रहेका एएनआईले जनाएको छ । अहिले रोहित शर्मा टी-२० टोलीको कप्तानीमा सबैभन्दा अगाडि छन्, तर उनलाई पनि टी-२० विश्वकपपछि विश्राम दिइनेछ । राहुलले अष्ट्रेलियामा टी-२० र एकदिवसीय भ्रमणका क्रममा उपकप्तानको जिम्मेवारी राम्ररी निभाएकाले उनलाई कप्तान बनाउन लागिएको हो ।
२०२१ को टी-२० विश्वकपपछि न्युजिल्यान्डले भारत भ्रमण गर्दै छ । जहाँ, दुई देशबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला र त्यसपछि दुई खेलको टेस्ट सिरिज हुनेछ । टी-२० सिरिजमा विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह र मोहम्मद शामीलगायत खेलाडीलाई विश्राम दिइनेछ ।
भारत र न्युजिल्याण्डबीचको पहिलो खेल जयपुरमा १७ नोभेम्बरबाट सुरु हुँदै छ । दोस्रो खेल १९ नोभेम्बरमा राँचीमा हुनेछ भने तेस्रो र अन्तिम खेल २१ नोभेम्बरमा कोलकातामा हुनेछ । त्यस्तै, पहिलो टेस्ट २५ देखि २९ नोभेम्बरसम्म कानपुरमा र दोस्रो टेस्ट ३ देखि ७ डिसेम्बरसम्म मुम्बईमा खेलिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - १९:२५
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर...
फाल्गुन १३ गते, २०८२ - १९:१७
काठमाडाैँ। जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीहरूसँग आग्रह गरेको छ । जापानको उप प्रम...
फाल्गुन १३ गते, २०८२ - १९:१३
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेको आरोपमा प्रहरीले देशभरबाट ४२ जनालाई पक्राउ गरेको छ । तीमध्ये हाल १४ जना मात्र हिरासतमा ...
फाल्गुन १३ गते, २०८२ - १९:०८
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउने बताएका छन् । बुधबार पेरिसडाँ...
फाल्गुन १३ गते, २०८२ - १८:५७
बागलुङ । बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टीले सघाउने भएको छ। आज ढोरपाटन नगरपालिका–१ ...
फाल्गुन १३ गते, २०८२ - १८:५४
काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन्। यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मत...
फाल्गुन ११ गते, २०८२ - २२:४६
सुर्खेत । देशभर चुनावी माहोल तातेको छ। गाउँ–सहर झन्डा, जुलुस, सभा र नाराले गुञ्जायमान छन्। तर यही चुनावी रौनकको बीचमा एउटा समुदाय भने चुपचाप आफ्नै संस...
फाल्गुन ११ गते, २०८२ - २२:३०
पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ। मोदीवेणी धामामा बस्दै आएक...
फाल्गुन ११ गते, २०८२ - १९:५४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षलाई पुनः सचेत...
फाल्गुन ११ गते, २०८२ - १९:५२
काठमाडौं । फागुन २१ मा तय भएकाे प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइ...



प्रतिकृया लेख्नुहोस्: