काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेको आरोपमा प्रहरीले देशभरबाट ४२ जनालाई पक्राउ गरेको छ । तीमध्ये हाल १४ जना मात्र हिरासतमा रहेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार पक्राउ परेकामध्ये केहीलाई सम्झाइ–बुझाइपछि छाडिएको छ भने केहीलाई अदालतको आदेशअनुसार रिहा गरिएको छ ।
अदालतको आदेशपछि नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं बुधबार रिहा भएका थिए । त्यसअघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषिराम कट्टेल पनि अदालतको आदेशपछि छुटेका थिए ।
हाल हिरासतमा नेपाल कम्युनिस्ट पार्टी बहुमतका धर्मेन्द्र बाँस्तोला र विष्णु तिमल्सिना रहेका छन् । तनहुँको शुक्लागण्डकी–७ टुडाका ४४ वर्षीय मनबहादुर गुरुङ, कास्कीका २४ वर्षीय गगन परियार पनि हिरासतमा छन् ।
त्यसैगरी तनहुँकै व्यास नगरपालिका–१३ छाब्दीका ३२ वर्षीय अग्नि भनिने नेकपा बहुमतका केन्द्रीय सदस्य लक्ष्मण पाण्डे र माछापुच्छ्रे गाउँपालिका–२ का ३७ वर्षीय भीमसेन परियार पनि प्रहरी नियन्त्रणमा छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ का क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सदस्य ५८ वर्षीय शोभे थारु (खोमे थारु) पनि हिरासतमा छन् ।
दुर्गा प्रसाईं पक्राउ परेपछि विरोध प्रदर्शनमा उत्रिएका रामचन्द्र कोहार, खेम गुरुङ र उनकी श्रीमती ४५ वर्षीया जिनसरी गुरुङलाई पनि पक्राउ गरिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
हरि बहादुर श्रीस, प्रेमकुमार थाम्सुहाङ, देवी संग्रौला र गोपाल बोहरा पनि हिरासतमा रहेको प्रहरीले जनाएको छ ।
सुरक्षा स्रोतका अनुसार हाल विभिन्न १२ वटा समूह निर्वाचन बहिष्कार अभियानमा सक्रिय छन् । ती समूहबाट निर्वाचनमा सुरक्षा चुनौती हुन सक्ने आकलन गरिएको छ । कम्युनिस्ट पार्टीदेखि राजावादी समूहसम्मबाट चुनौती आउन सक्ने विश्लेषण सुरक्षा निकायको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको समूहसहित अन्य राजावादी समूहलाई पनि निगरानीमा राखिएको छ ।
त्यसैगरी सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, महेन्द्र मल्लको नेकपा जनपक्ष, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपालको एक समूह, पहिचानवादी समूह, मंगोल नेसनल अर्गनाइजेसन तथा रोहिंग्या शरणार्थी समूहलाई पनि सुरक्षा संयन्त्रले निगरानीमा राखेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: