Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने

खबरडबली संवाददाता

बागमती । बागमती प्रदेशसभा बैठक यही कात्तिक २२ गते बस्ने भएको छ । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक  कात्तिक २२ गते बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

उक्त बैठकमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिनुहुने भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । उनका अनुसार, मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा आइतबार नै दर्ता भइसकेको छ । 

मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पत्रमा कात्तिक १२ गते उल्लेख गरिएको भए पनि संसद् सचिवालयमा कात्तिक १४ गते मात्रै दर्ता भएको प्रवक्ता अमात्यले बताए ।

सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुरुप मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री पाण्डे यही कात्तिक ११ गते नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।  

बागमती प्रदेशसभामा हाल १०९ सदस्य छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माघे मेला भर्न गएकाे जिप दुर्घटना हुँदा दुईको मृत्यु

झापा । झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। ...

धादिङमा जुधाइयो १ सय हल गोरु

धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पर...

आपसी असन्तुष्टि थन्क्याएर चुनावी अभियानमा नेकपा

काठमाडौँ । विशाल केन्द्रीय समिति र एकता समायोजनका कारण पार्टीभित्र असन्तुष्टि देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अहिले सबै ध्यान आगामी निर्...

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्...

कांग्रेसको सत्ता–छिनोफानो अब आयोगको काँधमा : वैधानिकता कसले पाउँछ ?

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अब पार्टीको आँगनबाट निस्केर निर्वाचन आयोगको ढोकामा पुगेको छ । विशेष महाधिवेशनपछि गगन थापा नेतृत...

राष्ट्रिय लिगमा मोफसलको दमदार आगमन, लालीगुराँसले जावलाखेललाई चकित पार्यो

काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको टोली लालीगुराँस एशोसिएसन क्लबले उत्कृष्ट सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्...

मेयर साम्पाङ दुई लाख २५ हजार पुरस्कारसहित सम्मानित

काठमाडौँ  । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई दुई लाख २५ हजार पुरस्कारसहित सम्मानित भएका छन् । उनी यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका हु...

निर्वाचनलाई पहिलो परीक्षा ठहर गर्दै गगन नेतृत्वको कांग्रेस : घोषणापत्रदेखि हस्ताक्षरसम्म ठूला निर्णय

काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...

गगन नेतृत्वको कांग्रेसले आधिकारिकताको दाबी लिएर आयोगको ढोका ढक्ढक्यायो

काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...

जनार्दन खुसुक्क पुगे गुण्डु, ओलीसँग भएकाे गुप्त भेटमा चुनावी तालमेलको प्रस्ताव

भक्तपुर ।  माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अभियानमा जुटेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending