काठमाडौँ । एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा सहभागी जनाएको नेपाली टोली भोलि (बुधबार) नेपाल फर्कने भएको छ ।
छनोट प्रतियोगितामा तीन खेल खेलको नेपाली टोली बुधबार साँझ ६:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने कार्यक्रम रहेको टिम व्यवस्थापक उत्तम न्यौपानेले जानकारी गराए ।
प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो । नेपाल तीनवटै खेलमा जितविहीन र गोलविहीन रह्यो ।
पहिलो खेलमा बलियो इरानविरुद्ध ४-० गोल अन्तरले पराजित नेपाल दोस्रो खेलमा आयोजक ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो । अन्तिम खेलमा भने नेपाल लेबनानसँग ४-० गोल अन्तरले नै पराजित भयो ।
अन्तिम खेलमा आयोजक ताजस्कितानलाई पराजित गर्दै इरान समूह ‘बी’ को विजेताको रूपमा फाइनल चरणमा स्थान बनायो ।
समूह ‘बी’ मा नाै अंकसहित अपराजित इरान शीर्ष स्थानमा रह्यो । एक खेलमा पराजित ताजकिस्तान ६ अंकसहित दोस्रो स्थानमा रहँदा तीन खेलमा एक खेल जितेको लेबनान तेस्रो स्थानमा रह्याे । यता, नेपालले तीन खेलमा जितविहीन र गोलविहीन रहँदा १४ गोल व्यहोर्दै तालिकाको पुछारमा रह्यो ।
यस प्रतियोगितामा नेपाल लगातार तेस्रो संस्करण गोलविहीन भएको हो । यसअघिका दुई संस्करणमा समेत नेपाल गोलविहीन रहँदै आएको थियो ।
नेपाली ३२ टोली
गोलरक्षक- अर्पण कार्की(कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेण्डर - सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू
मिडफिल्डर - नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट
स्ट्राइकर - रितिककुमार खड्का, मनिष डांगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चान
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - २०:४७
झापा । झापाको पवित्र कनकाई माईबेनी मेला भर्न जाँदै गरेको जीप र अर्को यात्रुवाहक बस एक आपसमा ठोक्किँदा झापा कनकाई नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। ...
माघ २ गते, २०८२ - २०:३०
धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पर...
माघ २ गते, २०८२ - २०:०१
काठमाडौँ । विशाल केन्द्रीय समिति र एकता समायोजनका कारण पार्टीभित्र असन्तुष्टि देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अहिले सबै ध्यान आगामी निर्...
माघ २ गते, २०८२ - १९:५८
दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्...
माघ २ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अब पार्टीको आँगनबाट निस्केर निर्वाचन आयोगको ढोकामा पुगेको छ । विशेष महाधिवेशनपछि गगन थापा नेतृत...
माघ २ गते, २०८२ - १९:३१
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको टोली लालीगुराँस एशोसिएसन क्लबले उत्कृष्ट सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्...
माघ २ गते, २०८२ - १९:२८
काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई दुई लाख २५ हजार पुरस्कारसहित सम्मानित भएका छन् । उनी यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका हु...
माघ २ गते, २०८२ - १४:०३
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...
माघ २ गते, २०८२ - १३:५९
काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...
माघ २ गते, २०८२ - १३:४६
भक्तपुर । माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अभियानमा जुटेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्य...




प्रतिकृया लेख्नुहोस्: