कांग्रेस एक्लै लडेर एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ : गगन थापा
कार्तिक १७ गते, २०७८ बुधवार 3rd November, 2021 Wed१६:२३:१४ मा प्रकाशित
खबरडबली संवाददाता
भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन् ।
नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताएका हुन् । नेता थापाले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदमा पनि उपनिर्वाचनको लागि सरकारले तयारी गरेको जानकारी दिए ।
“कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र अहिले पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ”, उनले भने, “आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ ।”
नेता थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूले सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी लिएको बताउँदै नराम्रा काम नगर्न सरकारलाई आग्रह गरेको जानकारी दिए ।
कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेलले प्रदेश सरकारले जिम्मेवारीपूर्वक काम गर्ने बताए । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीति गरेर धन कमाउनेहरुको स्रोत खोज्नुपर्ने बताउँदै मुलुकमा सुशासनको अनुभूति दिलाउनेतर्फ सरकार अग्रसर रहेको उल्लेख गरे ।
कार्यक्रममा सूर्यविनायक नगर कांग्रेस सभापति निशान ढुङ्गेल, गुण्डु गाविसका पूर्वअध्यक्ष भेषबहादुर कार्की, कार्यक्रमका सभापति एवं कांग्रेस वडा नं ७ का अध्यक्ष जगदीश बस्नेतले आगामी निर्वाचनमा कांग्रेसले भक्तपुरको सबै ठाउँमा विजयी हुने दाबी गरे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ६६ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीको साम...
संखुवासभा । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी जनार्दन शर्मा (प्रभाकर) ले संखुवासभाको किमाथांका नाका र अरुण करिडोर चाँडै सञ्चालनमा ल...
फुङ्लिङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अहिले सर्वोच्चमा अदालतमा देखिएको समस्याको समाधान सर्वोच्चमै खोज्नुपर्ने बताएका छन् । प्रधा...
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवहरूसँग प्रदेश सरकारका काम कारबाहीका विषयमा छलफल गरेका छन...
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वप्रधानन्यायाधीशको विवेक हेर्न मन भए फैसला पल्टाउन चुनौती दिएका छन् । काठमाडौंमा बुधवार आयोजित एक...
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४४७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३...
प्रतिकृया लेख्नुहोस्: