काठमाडौं । उपाधि दाबेदार लिभरपुल वेस्ट ह्यामसँग स्तब्ध बनेको छ । लगातार २६ खेलमा अपराजित रहेर नयाँ क्लब कीर्तिमान बनाउने लक्ष्यसहित मैदानमा उत्रेको लिभरपुल ३–२ गोलले पराजित भएको हो ।
गोलकिपर एलिसनले आत्मघाती गोल गरेपछि लिभरपुल खेलको सुरुवातमा नै पछि परेको थियो । तर पहिलो हाफको अन्त्यतिर ट्रेन्ट अलेक्जान्डर अर्नोल्डले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा फोर्नाल्सले वेस्ट ह्यामलाई पुनः अग्रता दिलाए । सात मिनेटपछि नै कर्ट जोउमाले वेस्ट ह्यामको अग्रता फराकिलो बनाए । ८३ औँ मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।
पराजयपछि लिभरपुल लिगको चौथो स्थानमा खस्किएको छ भने वेस्ट ह्याम लिभरपुललाई उछिन्दै लिगको तेस्रो स्थानमा रहेको छ । ११ खेलपछि लिभरपुलको २२ अङ्क छ भने वेस्ट ह्यामको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगै २३ अङ्क रहेको छ ।
आइतबार नै भएको अर्को खेलमा आर्सनलले वाटफोर्डमाथि संघर्षपूर्ण जीत निकालेको छ । आर्सनलको जीतमा एमिल स्मिथ रोवीको एक मात्र गोल निर्णायक बनेको थियो । जीतसँगै आर्सनल २० अङ्क बटुल्दै लिगको पाचौँ स्थानमा उक्लिएको छ । उता, टोटनह्यामले एभर्टनसँग गोलरहित बराबरी खेल्यो भने लिड्स र लेस्टर सिटीले पनि बराबरी खेल्न बाध्य बने ।एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - १७:३०
काठमाडौं । निर्वाचन आयोग ले मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुन नदिने विषयमा आफू सचेत रहेको जनाएको छ। आयोगका अनुसार यससम्बन्धी जिज्...
फाल्गुन १३ गते, २०८२ - १६:५९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी ग...
फाल्गुन १३ गते, २०८२ - १६:४७
सिद्धार्थनगर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ । जिल्ला प...
फाल्गुन १३ गते, २०८२ - १६:४१
दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भा...
फाल्गुन १३ गते, २०८२ - १६:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र अवस्थाबारे समीक्षा गर्न केन्द्रीय निर्वाचन परिचालन समितिको ...
फाल्गुन १३ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार...
फाल्गुन १३ गते, २०८२ - १६:००
काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेको छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उ...
फाल्गुन १३ गते, २०८२ - १५:५१
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात...
फाल्गुन १३ गते, २०८२ - १५:४३
बिर्तामोड। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। कनकाई नगरपाल...
फाल्गुन १३ गते, २०८२ - १५:२७
काभ्रेपलाञ्चोक। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका द...



प्रतिकृया लेख्नुहोस्: