Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सञ्चालनमा आएको तीन वर्षपछि होङ्सी सिमेन्ट उद्योगले पायो बिजुली

खबरडबली संवाददाता

काठमाडौँ ।उद्योग सञ्चालनमा आएको झण्डै तीन वर्षपछि होङ्सी सिमेन्ट उद्योगले बिजुली पाएको छ । प्रसारण लाइन निर्माणमा लामो समय लाग्दा उद्योगले डिजल प्लान्ट चलाइरहेको थियो । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ ।

 उद्योगमा नेपाली र चिनियाँ र लगानीकर्ताको साझेदारी रहेको छ । नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सवस्टेशनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सवस्टशन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिइएको हो ।

प्राधिकरणका सञ्चालक समिति सदस्य भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहकसेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिएको हो ।

होङ्शीले ३० मेगावाट विद्युत् खपत गर्ने छ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिने छ ।  त्यसका लागि समेत उद्योगले माग गरिसकेको छ । उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधैँ विद्युत् दिइएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१।५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति लिएको छ । 

प्राधिकरणका अनुसार ११ र ३३ केभी क्षमताका प्रसारण लाइनबाट विद्युत् लिने ग्राहकको भन्दा १३२ केभीको महसुल सस्तो छ । विद्युत् लाइन पुग्न नसक्दा उद्योगले १।४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिरहेको थियो । यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपतहुँदै आएको उद्योगले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयवासीको अवरोधजस्ता धेरै समस्या कारण  प्रसारण लाइनको निर्माण अझै नसकिएता पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत् दिन सकिएको जानकारी दिए ।

होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योगलाई विद्युत् उपलब्ध गराइएको हो । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यपिङ’ गरी उद्योगलाई बिजुली दिइएको हो ।

कूल २२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा विद्युत् आपूर्ति दिइएको हो । बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत् दिइएको हो ।  प्राधिकरणले अन्य उद्योगलाई पनि यसैगरी बिजुली उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कूल २२० केभी क्षमताका प्रसारण लाइनको निर्माणले प्राथमिकता पाएपछि प्राधिकरणले १३२ केभी क्षमताका प्रसारण लाइनलाई वितरण लाइनमा परिवर्तन गरेको छ ।

नवलपरासी, रुपन्देहीका अन्य उद्योगलाईसमेत माग अनुसारको बिजुली उपलब्ध गराउन प्राधिकरणले आवश्यक तयारी गरिरहेको छ । “मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन ठूला उद्योगले मागेजति विद्युत् दिइरहेका छौं, गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सवस्टेसनको क्षमता बढाउने, सदृढीकरण गर्नेलगायतका काम अभियानकै रुपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिने छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत् महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने योजनामा प्राधिकरण छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसम्म विद्युत् पु¥याउने  घोषणा अनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण  केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुनसकेको छैन । नेपाल सरकारको करिब रु ४० करोड लगानीमा  सो आयोजना निर्माण सुरु गरिएको हो । आर्थिक वर्ष २०७३/७४मा आयोजनाको सुरु गरिएको भए पनि पूरा हुन सकेको थिएन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: