काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले वामलोकतान्त्रिक गठबन्धनलाई अझ कसिलो बनाउनुपर्ने निष्कर्ष निकालेको छ। शनिबार र आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले वामलोकतान्त्रिक तथा क्रान्तिकारी शक्तिलाई एकताबद्ध हुन आह्वान गरेको हो।
बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘दक्षिणपन्थी तथा पुनरुत्थानवादी संभावित गठबन्धनप्रति सचेत रहँदै लोकतन्त्र, देश र संविधानको पक्षमा दृढतापूर्वक उभिने वामलोकतान्त्रिक गठबन्धनलाई अझ कसिलो बनाउनुपर्छ।’
वामलोकतान्त्रिक गठबन्धनलाई अझ प्रभावकारी ढंगले संचालन गर्नका लागि हालै गठन भएको उच्च स्तरिय राजनीतिक समन्वय समिति गठन गरेको बताएका छन्।
‘सरकारको कामलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने र आगामी निर्वाचनसम्म नै गठबन्धनको काम व्यवस्थापनलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको यो प्रयत्न सराहनीय छ’ विज्ञप्तीमा लेखिएको छ, ‘आगामी दिनमा प्रतिगामी दक्षिणपन्थी शक्तिको विरुद्धमा यो मोर्चा सशक्त रुपमा कृयाशील गराउन निरन्तर पहलकदमी गर्न यो बैठक आवश्यक ठान्दछ ।’
समाजवाद निर्माणका आधार तयार गर्न सिंगो पार्टी पंक्तीलाई आह्वान समेत गरेको छ। देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खलबलिनु संविधानवादकोविरुद्ध हुनजाने उल्लेख गरेको छ।
विज्ञप्तीमा लेखिएको छ, ‘आज न्यायालयमा देखिएको समस्याले यो सिद्धान्त खलबलिने स्थितिमा पुगेको छ । न्यायिक सर्वोच्चता र स्वतंत्र न्यायपालिकाको अवधारणामा पनि संकट पैदा भएको छ । कानुन क्षेत्रका विद्धान अधिवक्ताहरु, उनीहरुका संगठन र नागरिक समाजका अगुवाहरु न्यायिक सर्वोच्चताको पक्षमा आन्दोलित छन्।’
न्याय क्षेत्रको देखिएको संकटप्रति गम्भीर ध्यानाकर्षण समेत गरेको छ। संकट समाधानको लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन अपिल समेत गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: