सिन्धुपाल्चोक । इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ ।
भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न स्वीजरल्याण्डको लुजान विश्वविद्यालयका सहयोगमा सञ्चालित ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ अन्तर्गत सो कार्यक्रम भएको इन्द्रेश्वरी माविका शिक्षक लेखनाथ भट्टराईले जानकारी दिए ।
कार्यक्रमका प्रशिक्षक भूकम्पविज्ञ शिव सुवेदीले पश्चिम नेपालमुनि जम्मा भएको शक्तिको कारणले आठ रेक्टरभन्दा ठूलो भूकम्प जति बेला पनि जान सक्छ भन्ने तथ्य धेरै अनुसन्धानले देखाएको बताउँदै भूकम्प प्राकृतिक विपत्ति भएकाले रोकथाम सम्भव नहुने हुँदा यसको असर कम गर्न सक्ने आधार पूर्वतयारी भएको बताए ।
मेलम्ची नगरपालिकाको सहयोगमा इन्द्रेश्वरी माविमा सिस्मोमिटर राखिएको निवर्तमान प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले जानकारी दिए । सिस्मोमिटर राख्दा विद्यार्थी तथा समुदायमा भूकम्प नाप्ने यन्त्र कस्तो हुन्छ, कसरी नाप्छ, भूकम्प किन जान्छ, भूकम्प जाँदा कुन–कुन तरङ्गले कसरी हाम्रा संरचनामा क्षति पु¥याउँछ भन्ने अध्ययन गर्न सकिने श्रेष्ठको भनाइ छ ।
‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ अन्तर्गत नेपालका २२ स्कुलमा भूकम्प मापक यन्त्र जडान गरिसकिएको विज्ञ शिव सुवेदीले जानकारी दिनुभयो । साथै शैक्षिक कार्यक्रम गर्ने, यन्त्र जडान गर्ने तथा अन्य प्राविधिक सहयोग गर्ने पनि सुवेदीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: