विरगञ्ज । प्रदेश नं २ अन्तर्गत सामाजिक विकास मन्त्रालयअन्तर्गत बाराको पथलैयास्थित प्रदेश स्वास्थ्य तालिम केन्द्र पछिल्लोपटक कामविहीनजस्तै बनेको छ ।
विशेषगरी स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्ने उद्देश्यले स्थापित उक्त केन्द्र पछिल्लो एक वर्षयता कोभिड–१९ को असहज स्थितिका कारण भौतिक उपस्थितिमा विविध प्रकारका तालिम हुन नसक्दा केन्द्र कामविहीन बनेको हो ।
कोरोना त्रासका कारण भौतिक उपस्थितिमा हुनुपर्ने विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन हुन सकेन । यद्यपी, अब कोभिडको सहज अवस्थासँगै यस्ता तालिमजन्य कार्यक्रमले निरन्तरता पाउने केन्द्रले जनाएको छ ।
११ औँ तहको निर्देशक पदलाई केन्द्रको प्रमुख रहने गरी जिम्मेवारी तोकिएको यस केन्द्रमा हाल केन्द्र निर्देशक पद रिक्त छ भने यसबाहेक वरिष्ठ जनस्वास्थ्य प्रशासकसमेत रिक्त छ ।
उक्त केन्द्रको काम आवश्यकतानुसार स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्नु हो । साविकको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका रूपमा स्थापित उक्त कार्यालय पछिल्लो संरचनाअनुसार प्रदेश नं २ अन्तर्गत सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य तालिम केन्द्रका रूपमा रहिआएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: