डोटी ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले यहाँ आइपुगेका छन् ।
पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने ठूलाकेदार मेलाको पूजाका लागि उनीहरु यहाँ आइपुगेको हो । उनीहरु पूजाआजा गरी फर्किने कार्यक्रम तय भएको मन्त्री मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
उनका अनुसार मन्त्री आलेले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीसँग पनि बडिकेदारको थप प्रचारप्रसार तथा विकासका लागि छलफल गर्ने कार्यक्रम छ । बडिकेदारमा हरेक वर्ष तिहारपछिको चतुर्दशी तिथिमा पूजाआजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुङ्गाका शिलामा पूजाआजा गर्ने गरिन्छ ।
शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा विकट अर्थात भिरको बीचमो छ । अन्य देवीदेवताको मन्दिरमा भन्दा बडिकेदारमा विभिन्न जातजाती भाषाभाषीको समान आस्थाको केन्द्र बन्दै गएको छ । प्रायःजसो सन्तान प्राप्त नभएका अधिकांश महिला पुरुष पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन् ।
उक्त मेलमा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तीर्थालु भक्तजन आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १०:४४
धनगढी। कैलालीमा बाक्लो हुस्सु लाग्न थालेको छ । हिउँदे याम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्न थालेको हो । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका ...
मंसिर २५ गते, २०८२ - १०:३४
रौतहट। रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय सम...
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...




प्रतिकृया लेख्नुहोस्: