काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महिलाप्रति अपमानजनक व्यवहार गर्दै आएको आरोप लगाएकी छन्। एमालेको ११औँ महाधिवेशन सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति जनाइन्।
शाक्यका अनुसार गणतान्त्रिक नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिले बारम्बार पूर्वराष्ट्रपतिप्रति अपमानजनक शब्द प्रयोग गर्नु गैरउत्तरदायित्वपूर्ण व्यवहार हो। ‘उहाँमा सोच नै छैन, महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन। यो महिलाको सम्पूर्ण अपमान हो,’ शाक्यले आक्रोश व्यक्त गरिन्। उनले देशभर १६ दिने महिला हिंसा विरुद्धको अभियान चलिरहेको बेला यस्तो टिप्पणी झनै आपत्तिजनक भएको बताइन्।
‘पूर्वराष्ट्रपति, संविधानका संरक्षक मानिने व्यक्तिलाई “धामीझाँक्री” भन्नु के हो ? सामान्य महिलालाई पनि यस्तो अपमान गर्न पाइँदैन भने पूर्वराष्ट्रपतिलाई त झन् हुँदैन,’ शाक्यले थपिन्। उनका अनुसार यस्तो शब्द प्रयोग गर्ने नेतृत्व आजको आवश्यकताको विपरीत छ।
अध्यक्ष ओलीले सञ्चारमाध्यममा भण्डारीले चालेका कदमबारे व्यंग्य गर्दै ‘धामीजस्तै झर्ल्याङ्–झर्ल्याङ् गरेर आउन मिल्छ ?’ भन्ने अभिव्यक्ति दिएपछि शाक्यले सार्वजनिक रूपमा प्रतिक्रिया जनाएकी हुन्।
‘यस्तो नेतृत्व अबको आवश्यकता होइन। महिलालाई अपमान र अवमूल्यन गर्ने नेतृत्व अस्वीकार्य छ,’ शाक्यले बताइन्, ‘यसरी महिलामाथि हुने अपमानको विरुद्ध अब सशक्त रूपमा आवाज उठाउनु आवश्यक छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...




प्रतिकृया लेख्नुहोस्: