रौतहट। रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय समय पश्चात आएर तोडफोड गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। तोडफोडबाट कार्यालयका फर्निचर, कम्प्युटर, झ्यालका सिसामा क्षति पुगेको उनले बताए।
यता रंगपुर साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष अशोकप्रसाद यादवले डिभिजन वन कार्यालय रौतहटका प्रमुख साहको रबैयाले साझेदारी वनका पदाधिकारी बाध्य भएर तोडफोडमा उत्रनु परेको बताए।
प्रमुख साह रौतहट आएदेखि स:मिलसँग साठगाठ गरेर गुणस्तरीय काठ टेन्डर गर्ने गरेको, दिगो वन व्यवस्थापन परियोजनाअन्तर्गत पुराना रुख निकाल्ने कार्यका लागि कार्ययोजना बनाउँदा आफ्ना अनुकुलका संस्थासँग सम्झौता गरेर काम गर्न दबाब दिएको, विकास निर्माणका काम सुरु गर्न विभिन्न अनावश्यक कुरा गरेर आलटाल गर्ने गरेको लगायतका कारण यस्तो अबस्था उत्पन्न भएको रंगपुर साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष यादवले बताए। अहिलेको सरकारको मुख्य उद्देश्य भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने र जनताको हितमा काम गर्ने रहेता पनि डिभिजन वन कार्यालय रौतहटका प्रमुख साह पुरानै रबैया अपनाउनु भएको उनले आरोप लगाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - १४:०१
दमक। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मूलक अप्ठेरो परिस्थितिमा गुज्रिएको र अस्थिरता कायम गराउन खोजिएकाले सबैलाई सचेत हुन...
फाल्गुन ४ गते, २०८२ - १३:४३
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको विषयमा विरोध ज...
फाल्गुन ४ गते, २०८२ - १३:२९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन्। सो...
फाल्गुन ४ गते, २०८२ - १३:१७
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आ...
फाल्गुन ४ गते, २०८२ - १२:४८
दमक। झापाको क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्...
फाल्गुन ४ गते, २०८२ - १२:३१
काठमाडौं । निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै ‘सेतोपाटी अनलाइन’विरुद्ध कारबाही गर्न प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ। ...
फाल्गुन ४ गते, २०८२ - १२:१४
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा महाशिवरात्रि पर्वमा करिब ३० हजारभन्दा बढी धार्मिक प...
फाल्गुन ४ गते, २०८२ - १२:०६
काठमाडौँ । आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु तीन हजारले र चाँदी रु १२५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...
फाल्गुन ४ गते, २०८२ - ११:५६
बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन्। उन...
फाल्गुन ४ गते, २०८२ - ११:४०
काठमाडौं । रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा घरदैलो अभियानलाई तीव्र बनाएकी छन्। अभियानका क्रममा आम जनसम...



प्रतिकृया लेख्नुहोस्: