Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

खबरडबली संवाददाता

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासचिव पद भने अझै निश्चित हुन सकेको छैन ।

पार्टीभित्रका दुवै मुख्य समूह– संस्थापन र विद्या–ईश्वर लाइन–का तीन–तीन शीर्ष नेताहरू महासचिवका आकांक्षीका रूपमा चर्चामा छन् ।

संस्थापन पक्षबाट वर्तमान महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ प्रतिस्पर्धामा छन् । उता विद्या–ईश्वर समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट र सचिव योगेश भट्टराई सम्भावित उम्मेदवारका रूपमा देखिएका छन् । संस्थापनकै केही नेताले पाण्डेलाई आफ्नो पक्षमा तानेर महासचिव बनाउने प्रयास समेत गर्दै आएका छन् ।

अध्यक्षपछि सबैभन्दा शक्तिशाली मानिने महासचिव पदका लागि दुवै समूहले दुई हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि लक्षित गर्दै आन्तरिक समीकरण मिलाउने प्रयास तीव्र पारेका छन् । तर विधान संशोधन लगायत पद व्यवस्थापनका विकल्पमा पनि ओली सक्रिय रहेकाले अन्तिम प्यानल कस्तो बन्ने हो, अझै स्पष्ट छैन ।

सुरेन्द्र पाण्डे संस्थापनसँग समझदारी बनेमा मात्र महासचिवमा उठ्ने तयारीमा छन् । विद्यादेवी भण्डारी पक्षको सहारा पाएमा उनलाई महासचिवमा उठाउने सम्भावना बढेको बताइन्छ । पाण्डे पार्टीभित्र लोकप्रिय मानिए पनि विगतमा संस्थापन लाइनमा नपरेका कारण महत्वपूर्ण भूमिकाबाट बञ्चित हुँदै आएका थिए ।

संस्थापनभित्र भने शंकर पोखरेल, ज्ञवाली र गुरुङबीच कडा प्रतिस्पर्धा देखिएको छ । ओलीका लागि पोखरेललाई दोहोर्‍याउने कि उपमहासचिवहरूमध्येबाट नयाँ अनुहार अगाडि सार्ने भन्ने दुविधा प्रमुख चुनौती बनेको छ । पोखरेलले पुनः महासचिव बन्ने इच्छा प्रकट गरिसकेका छन् तर टिमभित्रै उनलाई संगठनात्मक कमजोरी र समूह निर्माणमा सक्रियता देखाएको आरोप लाग्दै आएको छ ।

उपाध्यक्ष विष्णु पौडेल गुरुङलाई महासचिवमा उठाउनेमा बढी इच्छुक छन् । स्वयं पौडेल विधान संशोधनमार्फत वरिष्ठ उपाध्यक्षमा जान चाहने भएकाले उनले गुरुङ पक्षमा लबिङ गर्दै आएका छन् । गुरुङलाई सचिव पद्मा अर्याल, रघुवीर महासेठ तथा छविलाल विश्वकर्माको आन्तरिक समर्थन रहेको स्रोत बताउँछ । संगठन निर्माण र कार्यान्वयनमा सक्षम मानिने गुरुङले आवश्यक परे ओलीसँग प्रत्यक्ष बहस गर्ने स्वभाव भने उनलाई महासचिवका लागि प्रतिकूल बन्न सक्ने अनुमान गरिएको छ ।

उता ज्ञवाली विचार, संगठन तथा पार्टी स्कुल विभागमार्फत कार्यकर्तामा बलियो पकड बनाउँदै महासचिव दौडमा अगाडि देखिएका छन् । तर निर्णायक क्षणमा ढिलाइ गर्ने र कहिलेकाहीँ यथार्थताबाट टाढिने स्वभाव रहेको भन्दै ओली स्वयंले समेत उनीप्रति आलोचना गरेको बताइन्छ ।

ओली निकट स्रोतका अनुसार ज्ञवाली र गुरुङमध्ये एकलाई उपाध्यक्ष तथा एकलाई महासचिव बनाउँदै पोखरेललाई उपाध्यक्षमा व्यवस्थापन गर्ने सम्भावना पनि खुला छ । तर पोखरेलले अन्य पद स्वीकार्न तयार नभएको संकेत गरिसकेकाले ओलीको गणित अझै जटिल बनेको छ । उपमहासचिव विष्णु रिमाललाई पनि उपाध्यक्षमा उठाइने चर्चा छ ।

विद्या–ईश्वर समूहमा भने गुरुङले महासचिव नपाए योगेश भट्टराई ‘दोस्रो रोजाइ’ को उम्मेदवार बन्न सक्ने आन्तरिक संकेत देखिएको छ । त्यस्तो अवस्थामा गोकर्ण विष्टलाई उपाध्यक्ष वा उपमहासचिवमध्ये कुनै शक्तिशाली पदमा लैजाने तयारी भइरहेको बताइन्छ । लुम्बिनी र गण्डकीमा प्रभाव भएका कारण विष्टलाई नै महासचिव उठाउने सम्भावना पनि खुला रहेको छ ।

भट्टराई र विष्ट दुवै संगठन निर्माण र जनपरिचालनमा सक्षम मानिन्छन् । भट्टराईले भने पदभन्दा बढी सामूहिक नेतृत्व र नयाँ पुस्ताको उदयलाई प्राथमिकता दिएको बताएका छन् ।

अघिल्लो महाधिवेशनमा जस्तै यसपटक पनि उद्घाटन सत्र सकिएपछि मात्र टिम निर्माणबारे घनीभूत छलफल हुने सचिव पद्मा अर्याल बताउँछिन् । उनका अनुसार कार्यकर्ता–समर्थकको भावना, मनोविज्ञान र पार्टीको समग्र आवश्यकताअनुसार मात्रै पदाधिकारी टुंग्याइनेछ ।

महाधिवेशन नजिकिँदै जाँदा दुवै समूहभित्र भेटघाट, लबिङ र समीकरण मिलाउने दौड तीव्र बनेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending