काठमाडौं । योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन्।
पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएका हुन्।
शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउनु हुने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो ।
बाबा रामदेव शुक्रबार चन्द्रागिरि पुग्ने र राति त्यहाँ अवस्थित रिसोर्टमा बस्नुहुने कार्यक्रम छ । सोही बखत उनले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्ने कार्यक्रम छ । योगगुरु बाबा रामदेव बिहीबार नेपाल आएलगत्तै नेपाल विश्वको श्रेष्ठतम आध्यात्मिक देश हो भनेका थिए ।
नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको पनि बताए। नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य भएको भन्दै उनले नेपालमा ७० हजार योगगुरु रहेका पनि बताए ।
शनिबार नै उनले पतञ्जली योगपीठले सञ्चालन गर्ने टेलिभिजनको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - ०८:०३
राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले तरकारीखेतीबाट परिवार...
पौष ९ गते, २०८१ - ०७:५७
तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ । यो मौसममा ...
पौष ९ गते, २०८१ - ०७:३५
काठमाडौं । भ्रष्टाचारी ठहर कांग्रेस सांसद गुरुङ संसदमै, अभियोग दर्ता मात्रै हुँदा रविलाई निलम्बन अदालतबाट भ्रष्टाचारी ठहर भएका सत्तारूढ कांग्रेस ने...
पौष ९ गते, २०८१ - ०७:२५
हुम्ला । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुक...
पौष ९ गते, २०८१ - ०७:२१
काठमाडौँ । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान वि...
पौष ९ गते, २०८१ - ०७:११
खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीर...
पौष ९ गते, २०८१ - ०७:०८
बागलुङ । बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँ...
पौष ९ गते, २०८१ - ०७:०२
काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्...
पौष ९ गते, २०८१ - ०७:००
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मू...
पौष ८ गते, २०८१ - ०९:३३
जीबी राईलाई सरकारले पक्राउ गर्न नसकेको कि नचाहेको ?
प्रतिकृया लेख्नुहोस्: