काठमाडौं । घर तथा जग्गाको मूल्य वार्षिकरुपमा औसतमा २६.४५ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनसार वाणिज्य बैंकको तथ्याङ्कका आधारमा वार्षिकरुपमा घरजग्गाको मूल्यमा वृद्धि हुँदै गएको पाइएको हो । मालपोत कार्यालयको विवरणका आधारमा भने औसतमा १९.४५ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ । घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले मुलुकको समग्र आर्थिक स्थायीत्वमा नै प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले यस क्षेत्रको मूल्य स्थितिका सम्बन्धमा जानकारी राख्नुपर्ने भएकाले अध्ययन गरीएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।
घरजग्गा क्षेत्रको मूल्य सूचकाङ्क निर्माण गरी घर जग्गामा मुद्रास्फिती मापन गर्न पनि अध्ययन जरुरी रहेको केन्द्रीय बैंकको ठहर छ । आगामी दिनमा हरेक तीन महिनामा घरजग्गाको मूल्य सूचकाङ्क प्रकाशित गर्ने तयारीसमेत गरीएको छ ।
केन्द्रीय बैंकले विभिन्न २० जिल्लाका मालपोत कार्यालयमा भएको घरजग्गाको किनबेच र क वर्गका विभिन्न छ वटा वाणिज्य बैंकले प्रवाह गरेको ऋणका आधारमा सर्वेक्षण गरेको हो । बैंकले अध्ययनका लागि चयन गरेको नमूनाको प्रतिवर्गमिटर मूल्य एउटै आउने अवस्थामा सरकारले तोकेको न्यूनतम मूल्यका आधारमा धेरैजसो कारोबार हुने पाइएको छ ।
बजारको वास्तविक मूल्य एकातिर हुने तर कारोबार भने अर्कै मूल्यमा हुने गरेको अवस्था छ । कर कम तिर्नका लागि कम मूल्यमा कारोबार गर्ने गरेकाले पनि मुलुकको राजश्व सङ्कलनमा प्रभाव पर्ने गरेको छ ।
नेपालमा पहिलो पटक गरीएको घरजग्गा मूल्य सर्वेक्षणको ध्येय मुद्रास्फितिको मापन गर्नु रहेको छ । अध्ययनमा अन्य देशले अपनाएका जस्तो जग्गाको लोकेशन, आकार, मुख्य सडकसम्मको पहुँच, बाटोको चौडाइँ, मोहडा, व्यापारिक तथा आवासीयजस्ता विषय भने समावेश गरेको छैन । घरजग्गाको बढी कारोबार हुने स्थान समयक्रममा छिटोछिटो परिवर्तन हुने भएकाले अद्यावधिक मूल्य सर्वेक्षण पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने देखिने केन्द्रीय बैंकको ठहर छ ।
घरजग्गाको मूल्य सूचकाङ्कले शहरी क्षेत्रलाई मात्रै समेटेको छ । आव २०७७÷७८को पहिलो नौ महिनाको आधारमा औसतमा घरजग्गा मुद्रास्फिती गण्डकी प्रदेशमा सबैभन्दा बढी देखिएको छ ।
अध्ययन प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा १९.१९ प्रतिशतले घरजग्गाको मूल्यवृद्धि भएको पाइएको छ । यस्तै, कर्णाली प्रदेशमा १९.०२ प्रतिशत, वाग्मती प्रदेशमा १८.२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १६.३२ प्रतिशत, प्रदेश नं २ मा १६.२ प्रतिशत, प्रदेश नं १ मा १५.१४ र लुम्बिनी प्रदेशमा ४.३२ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
गभर्नर अधिकारीका अनुसार अध्ययन दुई वर्ष समय लगाएर गरीएको हो ।अध्ययनका लागि केन्द्रीय बैंकका डेपुटी गगर्नर बमबहादुर मिश्रको संयोजकत्वमा घरजग्गा मूल्य सर्वेक्षण उच्चस्तरीय निर्देशक समिति गठन गरीएको थियो । सर्वेक्षणमा घरजग्गाको सबैभन्दा बढी कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका दुई वटा वडालाई छनौट गरीएको थियो । यस्तै, वाणिज्य बैंकको बढी कारोबार तथा शाखा सञ्जालको विस्तारको आधारमा छ वटा वाणिज्य बैंक छनौट गरी मालपोत कार्यालयको कारोबारबाट निर्धारित स्रोत केन्द्रलाई आधार मानिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: