काठमाडौं । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको ठाउँ ठाउँमा स्वागत द्वार निर्माण सुरु गरिएको छ ।
महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि, पर्यवेक्षक र पार्टी नेता कार्यकर्तालाई चितवनमा स्वागत गर्न स्वागतद्वार निर्माण सुरु गरिएको हो ।
चितवन प्रवेश गर्ने नाकाहरु इच्छाकामना गाउँपालिकाको मौवाखोला, मुग्लिन, राप्ती नगरपालिकाको लोथर, भरतपुर महानगरपालिकाको पुल्चोकलगायतका स्थानमा स्वागत द्वार निर्माणको काम सुरु भएको नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताए ।
पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँ, बाइपास सडक, नारायणगढ मुग्लिन सडक, पश्चिम चितवन र पूर्व चितवनका विभिन्न सडकमा स्वागत द्वार निर्माण हुने उनले बताए ।
स्वागतद्वार निर्माणको जिम्मा पार्टीका विभिन्न कमिटी, भातृ संगठन र संघसंस्थाहरुलाई दिइएको सुवेदीको भनाइ छ। स्वागत द्वार निर्माणमा लाग्ने खर्च पनि संगठनहरुले नै बेहोर्नेछन् । सबै स्वागत द्वारहरु एकै प्रकृतिका हुने र महाधिवेशन झल्किने खालको हुुने सुवेदीले बताए ।
लुम्बिनीले ७५ हजार उतार्ने
मंसिर १० गतेदेखि चितवनमा हुन लागेको नेकपा एमालेको १० औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ७५ हजार बढीको सहभागिता हुने भएको छ ।
प्रचार समिति लुम्बिनीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले लुम्बिनीका अध्यक्ष तथा महाधिवेशन मूल आयोजक समिति सदस्य लिला गिरीले लुम्बिनीबाट ७५ हजार जनसहभागिता रहने बताएका हुन्।
महाधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न तीब्र तयारी भइरहेको र प्रदेशका १२ वटै जिल्लामा व्यापक जनपरिचालन भइरहेको नेता गिरीले बताए ।
महाधिवेशन प्रचार विभागका सदस्य तथा एमाले केन्द्रीय प्रचार विभागका सदस्य डीआर घिमिरेले १० औं महाधिवेशनको तयारी तीव्र रुपमा अगाडि बढेको बताए ।
भरतपुर महानगरबाट ५० हजार सहभागी हुने
१० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाबाट ५० हजार जनता सहभागी गराइने भएको छ । मंसिर १० गते नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा महानगरका २९ वटा वडाबाट ५० हजार जनता सहभागी गराउन लागिएको हो ।
नेकपा (एमाले) भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलियाका अनुुसार महानगरका २९ वटै वडामा भेला सम्पन्न गरिएको छ । सबै वडामा वडास्तर र टोल स्तरका जनपरिचालन कमिटी गठन गरिएको बताए । सबै वडामा प्रचारप्रसार र घरदैलो कार्यक्रम समेत सञ्चालन गरिएको थपलियाले जानकारी दिए ।
एमाले भरतपुर महानगरले महाधिवेशनलाई लक्षित गर्दै स्थानीय स्तरमा महाधिवेशनको झण्डा, ब्यानर तयार पार्ने र सकेसम्म स्थानीय स्तरका सवारीसाधन प्रयोग गर्ने जनाएको छ । भरतपुरमा एमाले महाधिवेशनको उद्घाटन सत्र हुने भएकाले पनि भरतपुरले व्यापक जनसहभागिता गराउने तयारी गरिरहेको हो ।
नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । १० गते नारायणी नदी किनारमा उद्घाट सत्र र ११ गतेदेखि पर्यटकीय नगरी सौराहामा बन्दसत्र हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: