Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

एमाले महाधिवेशनको लागि चितवनका ठाउँठाउँमा स्वागतद्वार निर्माण

जिल्ला जिल्लाबाट लाखौँ कार्यकर्ता उतार्ने तयारी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको ठाउँ ठाउँमा स्वागत द्वार निर्माण सुरु गरिएको छ ।  

महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि, पर्यवेक्षक र पार्टी नेता कार्यकर्तालाई चितवनमा स्वागत गर्न स्वागतद्वार निर्माण सुरु गरिएको हो । 

चितवन प्रवेश गर्ने नाकाहरु इच्छाकामना गाउँपालिकाको मौवाखोला, मुग्लिन, राप्ती नगरपालिकाको लोथर, भरतपुर महानगरपालिकाको पुल्चोकलगायतका स्थानमा स्वागत द्वार निर्माणको काम सुरु भएको नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताए ।  

पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँ, बाइपास सडक, नारायणगढ मुग्लिन सडक, पश्चिम चितवन र पूर्व चितवनका विभिन्न सडकमा स्वागत द्वार निर्माण हुने उनले बताए । 

स्वागतद्वार निर्माणको जिम्मा पार्टीका विभिन्न कमिटी, भातृ संगठन र संघसंस्थाहरुलाई दिइएको सुवेदीको भनाइ छ। स्वागत द्वार निर्माणमा लाग्ने खर्च पनि संगठनहरुले नै बेहोर्नेछन् । सबै स्वागत द्वारहरु एकै प्रकृतिका हुने र महाधिवेशन झल्किने खालको हुुने सुवेदीले बताए । 

लुम्बिनीले ७५ हजार उतार्ने

मंसिर १० गतेदेखि चितवनमा हुन लागेको नेकपा एमालेको १० औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ७५ हजार बढीको सहभागिता हुने भएको छ । 

प्रचार समिति लुम्बिनीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले लुम्बिनीका अध्यक्ष तथा महाधिवेशन मूल आयोजक समिति सदस्य लिला गिरीले लुम्बिनीबाट ७५ हजार जनसहभागिता रहने बताएका हुन्। 

महाधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न तीब्र तयारी भइरहेको र प्रदेशका १२ वटै जिल्लामा व्यापक जनपरिचालन भइरहेको नेता गिरीले बताए ।  

महाधिवेशन प्रचार विभागका सदस्य तथा एमाले केन्द्रीय प्रचार विभागका सदस्य डीआर घिमिरेले १० औं महाधिवेशनको तयारी तीव्र रुपमा अगाडि बढेको बताए । 

भरतपुर महानगरबाट ५० हजार सहभागी हुने

 १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाबाट ५० हजार जनता सहभागी गराइने भएको छ । मंसिर १० गते नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा महानगरका २९ वटा वडाबाट ५० हजार जनता सहभागी गराउन लागिएको हो ।

नेकपा (एमाले) भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलियाका अनुुसार महानगरका २९ वटै वडामा भेला सम्पन्न गरिएको छ । सबै वडामा वडास्तर र टोल स्तरका जनपरिचालन कमिटी गठन गरिएको बताए । सबै वडामा प्रचारप्रसार र घरदैलो कार्यक्रम समेत सञ्चालन गरिएको थपलियाले जानकारी दिए । 

एमाले भरतपुर महानगरले महाधिवेशनलाई लक्षित गर्दै स्थानीय स्तरमा महाधिवेशनको झण्डा, ब्यानर तयार पार्ने र सकेसम्म स्थानीय स्तरका सवारीसाधन प्रयोग गर्ने जनाएको छ । भरतपुरमा एमाले महाधिवेशनको उद्घाटन सत्र हुने भएकाले पनि भरतपुरले व्यापक जनसहभागिता गराउने तयारी गरिरहेको हो । 

नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । १० गते नारायणी नदी किनारमा उद्घाट सत्र र ११ गतेदेखि पर्यटकीय नगरी सौराहामा बन्दसत्र हुनेछ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending