काभ्रे । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । तीन क्षेत्रमा मतदान भएको थियो भने एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।
शुक्रबार सुरु भएको तीन क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएका थिए । तिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
निर्विरोध निर्वाचित हुनेमा सभापति रामबहादुर योञ्जन, उपसभापति चन्द्रलाल दोङ र रणबहादुर तामाङ, सचिवमा दावा फेन्च लामा र रामशरण चौलागाईँ चयन भएका छन्। सहसचिवमा भने गोकुलप्रसाद भुर्तेल र वसन्तकुमार तामाङलगायत सदस्यहरू क्षेत्रीय समितिमा निर्विरोध निर्वाचित भएका हुन्।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’को सभापतिमा चन्द्रबहादुर लामा, उपसभापतिमा केशव बञ्जारा र सुदर्शन अधिकारी निर्वाचित भए । सचिवमा अनिश बल र रुपक महत तथा सहसचिवमा विनोद तिवारी र रामबहादुर घ्यावालगायत सदस्य विजयी भए ।
हुनुभएको छ ।
यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘क’को सभापतिमा हेम लामा निर्वाचित भएका छन् । उपसभापतिमा किरण श्रेष्ठ र जीवन खड्का तथा सचिवमा उद्धवप्रसाद पौडेल र सञ्जय तामाङ, सहसचिवमा अनिल लामा र रमिला बानियाँसहित समिति निर्वाचत भएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’को सभापतिमा रामहरि श्रेष्ठ निर्वाचित भएका छन् । उपसभापतिमा भने कुमुदा वैद्य र गङ्गाप्रसाद घिमिरे विजयी भए । यस्तै, सचिवमा नेत्रप्रसाद ढकाल र युगेश्वर कायस्थ तथा सहसचिवमा दीपक लामिछाने र मनहरि ढकाल निर्वाचित भएका छन्।
यसैबीच नेपाली कांग्रेसको निर्वाचन तालिकाअनुसार सोमबार काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएको छ । नेतृत्वका लागि हालसम्म १ नं क्षेत्रबाट दिनेश लामाले उम्मेदवारी घोषणा गरे । दुई नम्बर प्रतिनिधिसभा क्षेत्रबाट महेश खरेल र सुन्दरमणि अचार्यले सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए ।
यही मङ्सिर १० गते हुने जिल्ला अधिवशेनमा भने केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँको समूहबाट पूर्वसांसद तीर्थ लामाले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्र अधिवेशनमा छुट्टै प्यानल बनाउनुभएको सभापति मधुप्रसाद आचार्यको समूहबाट भने हालसम्म जिल्ला नेतृत्वको उम्मेदवारी टुङ्गो लागेको छैन । उक्त समूहबाट पूर्वसांसद कञ्चनचन्द्र वादे र जिल्लानेता तीर्थ पसखलको सभापतिमा उम्मेदवारीको चर्चा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: