Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

कांग्रेस निर्वाचन : काभ्रेको चार प्रदेश क्षेत्रमा नेतृत्व चयन

रासस

काभ्रे । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । तीन क्षेत्रमा मतदान भएको थियो भने एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

शुक्रबार सुरु भएको तीन क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएका थिए । तिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा सर्वसम्मत नेतृत्व चयन भएको हो । 

निर्विरोध निर्वाचित हुनेमा सभापति रामबहादुर योञ्जन, उपसभापति चन्द्रलाल दोङ र रणबहादुर तामाङ, सचिवमा दावा फेन्च लामा र रामशरण चौलागाईँ चयन भएका छन्। सहसचिवमा भने गोकुलप्रसाद भुर्तेल र वसन्तकुमार तामाङलगायत सदस्यहरू क्षेत्रीय समितिमा निर्विरोध निर्वाचित भएका हुन्। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’को सभापतिमा चन्द्रबहादुर लामा, उपसभापतिमा केशव बञ्जारा र सुदर्शन अधिकारी निर्वाचित भए । सचिवमा अनिश बल र रुपक महत तथा सहसचिवमा विनोद तिवारी र रामबहादुर घ्यावालगायत सदस्य विजयी भए । 
हुनुभएको छ ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘क’को सभापतिमा हेम लामा निर्वाचित भएका छन् । उपसभापतिमा किरण श्रेष्ठ र जीवन खड्का तथा सचिवमा उद्धवप्रसाद पौडेल र सञ्जय तामाङ, सहसचिवमा अनिल लामा र रमिला बानियाँसहित समिति निर्वाचत भएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’को सभापतिमा रामहरि श्रेष्ठ निर्वाचित भएका छन् । उपसभापतिमा भने कुमुदा वैद्य र गङ्गाप्रसाद घिमिरे विजयी भए । यस्तै, सचिवमा नेत्रप्रसाद ढकाल र युगेश्वर कायस्थ तथा सहसचिवमा दीपक लामिछाने र मनहरि ढकाल निर्वाचित भएका छन्। 
 
यसैबीच नेपाली कांग्रेसको निर्वाचन तालिकाअनुसार सोमबार काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएको छ । नेतृत्वका लागि हालसम्म १ नं क्षेत्रबाट दिनेश लामाले उम्मेदवारी घोषणा गरे । दुई नम्बर प्रतिनिधिसभा क्षेत्रबाट महेश खरेल र सुन्दरमणि अचार्यले सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए । 
 
यही मङ्सिर १० गते हुने जिल्ला अधिवशेनमा भने केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँको समूहबाट पूर्वसांसद तीर्थ लामाले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्र अधिवेशनमा छुट्टै प्यानल बनाउनुभएको सभापति मधुप्रसाद आचार्यको समूहबाट भने हालसम्म जिल्ला नेतृत्वको उम्मेदवारी टुङ्गो लागेको छैन । उक्त समूहबाट पूर्वसांसद कञ्चनचन्द्र वादे र जिल्लानेता तीर्थ पसखलको सभापतिमा उम्मेदवारीको चर्चा छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending