Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

प्रचण्डको अगुवाइमा समृद्ध भरतपुुरका लागि विकास बहस

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिकाले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्री, सचिव, विभागका महानिर्देशकहरूको उपस्थितिमा समृद्ध भरतपुरका लागि विकास बहस गर्ने भएको छ । 

महानगरमा हालसम्म भएका विकासका कामको समीक्षा गर्दै समृद्ध बनाउन आवश्यक पूर्वाधारका कामका लागि सम्बन्धित मन्त्रीहरूले प्रतिबद्धता जनाउने गरी कार्यक्रम गर्न लागिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र बिनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालयका सचिव र महानिर्देशक कार्यक्रममा सहभागी हुनेछन् । 

उनीहरुसँगै जिल्लाका सरोकारवालाको उपस्थितिमा सोमबार बहस गर्न लागिएको हो ।

दाहालले विस्तारको प्रक्रियामा रहेको भरतपुर विमानस्थल, नारायणी तटबन्धन, क्रिकेट रङ्गशाला, महानगरको प्रशासनिक भवन, शक्तिखोर औद्योगिक क्षेत्रलगायत महत्वपूर्ण पूर्वाधारका विषयमा छलफल गर्न लागिएको बताइन् । 

नारायणी तटबन्धनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । प्रतिवेदनअनुसार रु २३ अर्ब खर्च हुने छ । जसलाई वहुवर्षीय आयोजनामा राखेर यस वर्ष रु पाँच अर्ब बजेट निकासाका लागि अनुरोध गरिँदै छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिएको छ । यसलाई सरकारले लिएर काम गर्नुपर्ने बहस सुरु भएको छ । महानगरको ४० वर्ष पुरानो प्रशासनिक भवन जीर्ण बनेको छ । भवनको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । जसका लागि निर्माण गर्न रु ८५ करोड खर्च लाग्दछ । यसका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिँदै छ ।

शाक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणलाई छिटो गर्ने, नारायणी नदी किनारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक बजेट माग गर्ने, रिङरोड सम्पन्न गर्नेलगायत कार्यक्रम बहसमा राखिँदै छन् । महानगरको धेरै भाग चितवन क्षेत्र नं ३ मा पर्दछ । 

यस क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका थिए। उनकै उपस्थितिमा बहस गर्दा कार्यक्रम प्रभावकारी हुने महानगरको बुझाइ छ । 

महानगर प्रमुख दाहालले यसअघि गरिएको यस्ता कार्यक्रम प्रभावकारी भएको भन्दै यसले महानगरसँगै जिल्लाको समग्र विकासका लागि सहयोग पुग्ने बताइन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending