Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

महिला टी २० विश्वकप एशिया छनोटमा नेपाल हङ्‌कङसँग पराजित

खबरडबली संवाददाता

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ।

हङकङकी प्रारम्भिक खेलाडी मारिको हिलले शानदार ब्याटिङ गर्दै ४२ बलमा ४४ रन जोडेर अविजित रहँदै टोलीलाई जिताउन मुख्य भूमिका खेलिन्।

नेपालले टस हारेर ३ विकेटको क्षतिमा १०४ रनको मध्यम स्कोर मात्र बनाउन सकेको थियो। यस्तोमा विपक्षी खेलाडीहरूको विकेट छिटो भन्दा छिटो लिनुपर्ने अवस्थामा हङकङले संयमित ब्याटिङ ग रेर खेल आफ्नो पक्षमा राख्यो।

नेपालका कविता कुँवर, सीता राई र सबनम राईले एकरएक विकेट लिए भने करुणा भण्डारीको बलमा एक खेलाडी रन आउटको सिकार भइन्।

कप्तान रुविना क्षेत्रीको १८ औँ ‍ओभरको बलिङमा ११ रन चोर्दै हङकङले आवश्यक १०५ रन जोड्यो। टोलीले १२ बल खेल्नु अगावै खेल जितेको हो।

टी २० वरीयतामा नेपाल १४ औँ तथा हङकङ २५ औँ स्थानमा छ। यसअघि नेपालका प्रारम्भिक ब्याटर सीता राना मगरको अविजित ४० रनको मद्दतमा नेपालले ३ विकेट गुमाउँदै १०४ रन बनाएको थियो।

उपकप्तान समेत रहेकी सीता राना मगरले टोलीको इनिङ सम्हाल्ने क्रममा ५८ बलमा ४ चौकाको मद्दतले ४० रनमा अविजित रहिन्।

उनले इन्दु बर्मासँग तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेकी थिइन्, जुन नेपाली महिलाको तेस्रो विकेटमा उत्कृष्ट साझेदारी हो।

इन्दुले ३६ बलमा ३ चौका सहित ३१ रनमा रन बनाएर आउट भएकी थिइन्। टी २० आईको आधिकारिक प्रतियोगितामा यसअघि नेपालका लागि सीता र इन्दुले नै कतार विरुद्ध दोस्रो विकेटका लागि ८८ रनको कीर्तिमानी साझेदारी गरेकी थिइन्।

नेपालका प्रारम्भिक खेलाडी कविता कुँवर पहिलो ओभरको दोस्रो बलमै खाता खोल्न नपाइ आउट भएकी थिइन्।

त्यसपछि आएकी काजल श्रेष्ठले २३ बल खेलेर ४ रनमात्र बनाउन सकिन्। यद्यपि उनले सीता राना मगरलाई सघाउँदै ४५ बलमा २१ रनको साझेदारी गरेकी थिइन्।

अन्तिम एक बलको सामना गरेकी कप्तान रुविना क्षेत्रीले अविजित २ रन जोडिन्।

अबको चुनौती

पहिलो हारसँगै नेपालको विश्वकप यात्राका आगामी खेलहरू चुनौतीपूर्ण बनेको छ।

किनकि यो एसिया क्षेत्रमा सहभागी ६ टोली मध्ये शीर्ष टोली छ। जसमा सबै टोलीले एक अर्कासँग खेलेपछि त्यसको शीर्ष टोली मात्र विश्वकपको ग्लोबल क्वालिफायरमा खेल्नका लागि छनोट हुनेछ।

एसिया क्षेत्र छनोटमा नेपाल सहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई सहभागी छन्। विश्वकप छनोट खेल्नु अगाडि नेपालले बाङ्ग्लादेश र कतारको भ्रमण गरेको थियो।

जहाँ नेपालले कतारसँगको पहिलो टी २० आई शृङ्खलाको तीनवटै खेल जितेर शृङ्खला कब्जा गरेको थियो।

त्यस्तै बाङ्गलादेशको शिक्षा प्रतिष्ठानसँग खेलेको तीन वटा मैत्रीपूर्ण खेलमा २ मा विजयी भएको थियो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले किन धेरै सुन खरिद गरिरहेको छ ?

काठमाडौं । करिब तीन दशकपछि सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय ब्याङ्कहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ। ...

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबा...

चुनावअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुर्न व्यवसायीको माग माग

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवा...

निर्वाचन प्रहरीको नियुक्ति १५ माघमा, परिचालन २५ माघबाट

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई २५ माघदेखि ‘फिल्ड’ मा खटाइने भएको छ । नेपाल प्रहरी ...

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जा...

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस...

सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रा : हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना

काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्ष...

माघ शुक्ल पञ्चमी: आज श्रीपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । ...

पश्चिमी वायुको प्रभाव- कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान ग...

सानोथिमि बाल सुधारगृहमा दुई समूहबीच झडप, प्रहरीमाथि ढुङ्गामुढा

भक्तपुर । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending