काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
बरिष्ठ उपाध्यक्षमा पार्टीभित्र नेताहरुको रस्साकस्सी परिरहेको बेलामा नेम्वाङले उम्मेदवारी दिने घोषणा गरेका हुन्।
अध्यक्ष केपी शर्मा ओलीले ओलीलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको बेलामा उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि परिस्थिती बिग्रीएको छ।
नेता नेम्वाङले भने, ‘अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मतीको प्रयास जारी छ, चुनाव हुने भए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन्छु।’
अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणापछि दोस्रो वरीयताको नेतृत्व दाबी गर्ने नेम्वाङ अर्को नेता हुन्। एमाले विधान संशोधन नभएर ११ औँ महाधिवेशनमा नेतृत्व दाबी गर्न नेम्वाङलाई उमेरहदले रोक्छ। उनी अहिले ६८ वर्षीयका भइसके।
बरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित महासचिव ईश्वर पोखरेल, रामबहादुर थापा बादल पनि बलियो दाबेदार हुन्।
एमालेले पहिलो पटक अम्यास गरेको अध्यक्षपछिको जिम्मेवार पदमा ओलीले आफ्नो विश्वसापात्रलाई ल्याउन चाहेका छन्। त्यसैले बरिष्ठ उपाध्यक्षमा नेम्वाङ वा पोखरेलको सम्भावना धेरै छ।
आफू घेराबन्दीमा परेको बेलामा साथ दिएको पूर्वमाओवादी नेता बादललाई भने ओलीले उपाध्यक्षमा सीमित राख्ने सम्भावना देखिन्छ। तर, स्रोतका अनुसार पूर्वमाओवादी समूहले एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, दुई सचिवसहित २५ केन्द्रीय सदस्य दाबी गरेको छ।
महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। अध्यक्ष ओलीलाई नै पुनः दोहोर्याउने प्रयास भइरहेका वेला उपाध्यक्ष रावलको उम्मेदवारी घोषणाले धक्का लागेको छ।
माधवकुमार नेपाल र झलनाथ खनालबिना पहिलोपटक हुन लागेको महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्छन्। पार्टी विभाजनका वेला नेता नेपालको साथ छाडेर एमालेमै बसेका उपाध्यक्ष रावलले मात्र अहिलेसम्म एमालेमा उम्मेदवारी घोषणा गरेका छन्।
नेता नेपालको साथ छाडेका १० नेतामध्ये उपाध्यक्ष रावल र उपमहासचिव घनश्याम भुसालबाहेक अन्य नेता अझै मौन छन्। ओलीविरुद्ध संघर्षमा उत्रिए कुनै जिम्मेवारी नपाउने आशंकामा उनीहरू नेता मौन रहेका हुन्।
ओलीले पार्टी एकताको भाव ल्याउँदै गर्दा १० नेता र माओवादी केन्द्र छाडेर एमालेमै बसेका नेताहरूको व्यवस्थापन गर्नु कडा चुनौती बनेको छ। अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदका लागि आकांक्षीको संख्या दोब्बरभन्दा धेरै छ।
एकताको अधिवेशन गर्ने प्रयास भइरहेका वेला पार्टी अध्यक्षमा उपाध्यक्ष रावलको उम्मेदवारी र उपमहासचिव भुसालले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवमध्ये एक पदमा उम्मेदवारीको तयारी गरिरहेका छन्।
पदाधिकारीमा आकांक्षीको लर्को लागिरहेका वेला निर्वाचन हुने सम्भावना प्रबल बन्दै गइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: