काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
बरिष्ठ उपाध्यक्षमा पार्टीभित्र नेताहरुको रस्साकस्सी परिरहेको बेलामा नेम्वाङले उम्मेदवारी दिने घोषणा गरेका हुन्।
अध्यक्ष केपी शर्मा ओलीले ओलीलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको बेलामा उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि परिस्थिती बिग्रीएको छ।
नेता नेम्वाङले भने, ‘अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मतीको प्रयास जारी छ, चुनाव हुने भए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन्छु।’
अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणापछि दोस्रो वरीयताको नेतृत्व दाबी गर्ने नेम्वाङ अर्को नेता हुन्। एमाले विधान संशोधन नभएर ११ औँ महाधिवेशनमा नेतृत्व दाबी गर्न नेम्वाङलाई उमेरहदले रोक्छ। उनी अहिले ६८ वर्षीयका भइसके।
बरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित महासचिव ईश्वर पोखरेल, रामबहादुर थापा बादल पनि बलियो दाबेदार हुन्।
एमालेले पहिलो पटक अम्यास गरेको अध्यक्षपछिको जिम्मेवार पदमा ओलीले आफ्नो विश्वसापात्रलाई ल्याउन चाहेका छन्। त्यसैले बरिष्ठ उपाध्यक्षमा नेम्वाङ वा पोखरेलको सम्भावना धेरै छ।
आफू घेराबन्दीमा परेको बेलामा साथ दिएको पूर्वमाओवादी नेता बादललाई भने ओलीले उपाध्यक्षमा सीमित राख्ने सम्भावना देखिन्छ। तर, स्रोतका अनुसार पूर्वमाओवादी समूहले एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, दुई सचिवसहित २५ केन्द्रीय सदस्य दाबी गरेको छ।
महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। अध्यक्ष ओलीलाई नै पुनः दोहोर्याउने प्रयास भइरहेका वेला उपाध्यक्ष रावलको उम्मेदवारी घोषणाले धक्का लागेको छ।
माधवकुमार नेपाल र झलनाथ खनालबिना पहिलोपटक हुन लागेको महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्छन्। पार्टी विभाजनका वेला नेता नेपालको साथ छाडेर एमालेमै बसेका उपाध्यक्ष रावलले मात्र अहिलेसम्म एमालेमा उम्मेदवारी घोषणा गरेका छन्।
नेता नेपालको साथ छाडेका १० नेतामध्ये उपाध्यक्ष रावल र उपमहासचिव घनश्याम भुसालबाहेक अन्य नेता अझै मौन छन्। ओलीविरुद्ध संघर्षमा उत्रिए कुनै जिम्मेवारी नपाउने आशंकामा उनीहरू नेता मौन रहेका हुन्।
ओलीले पार्टी एकताको भाव ल्याउँदै गर्दा १० नेता र माओवादी केन्द्र छाडेर एमालेमै बसेका नेताहरूको व्यवस्थापन गर्नु कडा चुनौती बनेको छ। अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदका लागि आकांक्षीको संख्या दोब्बरभन्दा धेरै छ।
एकताको अधिवेशन गर्ने प्रयास भइरहेका वेला पार्टी अध्यक्षमा उपाध्यक्ष रावलको उम्मेदवारी र उपमहासचिव भुसालले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवमध्ये एक पदमा उम्मेदवारीको तयारी गरिरहेका छन्।
पदाधिकारीमा आकांक्षीको लर्को लागिरहेका वेला निर्वाचन हुने सम्भावना प्रबल बन्दै गइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: