बेनी । पहिराले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत सुरु भएपछि बाहुनडाँगीवासी उत्साहित बनेका छन् । मेचीनगर नगरपालिकाका वडा नं १, २, ३ र ४ का एक हजार ७०० हेक्टर जमिन सिँचाइ गर्ने सिद्धिनहर पहिराले गत वर्ष बगाएको थियो ।
प्रदेश नं १ सरकारको ५० लाख र सङ्घीय सरकारको रु १० लाखको आर्थिक सहयोगमा नहरको मर्मत सुरु गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्ण राजवंशीले नहरका कर्मचारी, सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका सदस्य र स्थानीय सरकारसमेतको सहभागितामा मर्मत सुरु गरिएको बताए।
नहर बनेसँगै बाहुनडाँगी क्षेत्रका किसानले सिँचाइ सुविधा प्राप्त गर्नेछन् । पानी अभावमा सुक्न थालेको सुपारी मरिच, चिया खेतीलगायत अन्य नगदेबालीलाई समेत राहत पुग्ने भएको छ ।
सोही क्षेत्रको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ । पहाडको अकरिलो स्थान हुँदै मुहान थापेर ल्याइएको नहर सोही वडाको गाईमारा खोला र दुधे खोला छेउमा पहिराले क्षति पुर्याएको थियो ।
उनले जिल्लाका अन्य नहरको तुलनामा अत्यन्तै अप्ठ्यारो स्थानबाट पानी ल्याइएको हुँदा प्रत्येक वर्षको बाढी पहिरोले क्षति पु¥याउने गरेको बताए।
उनले भने, ‘ पानीको मुहान पहाडको फेदीमा छ, मुहानबाट उपभोक्ताको खेतबारीसम्म पानी ल्याउन भीरबाटै नहर खनिएको छ, अर्को विकल्प पनि छैन, यसको मर्मतमा मात्र बर्सेनि लाखौँ खर्च हुने गरेको छ ।’
उनले अहिले फेरिएको नहरको माटो हटाउनसमेत समस्या भइरहेको बताए । अप्ठ्यारो स्थान र माटोसमेत फ्याँक्ने ठाउँको अभावमा दुःखले काम गरिरहेको उनले सुनाए।
सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीको विशेष पहलमा नहरको मर्मत सुरु गरिएको हो । नेपाल सरकारले सो नहर स्थापनामा रु ४४ करोड लगानी गरेको थियो । निर्माणको पाँच वर्षमा मात्र लाखौँ रकम मर्मतमै खर्च भइरहेको छ ।
यसअघि मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सभा सदस्य र सङ्घीय सांसदलाई समेत सो क्षेत्रको निरीक्षण गराई बजेटका लागि पहल गरिदिन समितिका अध्यक्ष तिवारीले पहल गरेका थिए।
सिद्धिनहर बिग्रिएको र सिँचाइको वैकल्पिक व्यवस्थासमेत नहुँदा समस्यमा परेका स्थानीय किसानले एक महिनाभित्रमा पानी पाउने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८१ - ०७:४४
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दैछ। केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा समसामयिक विषयमै छलफल हुने...
चैत्र ३ गते, २०८१ - ०७:३८
काठमाडौं । सडकदेखि सदनसम्म राजसंस्थाको पक्ष र विपक्षमा बहस भइरहेकै बेला सरकार परिवर्तनसँगै मन्त्री हेरफेरको चर्चा सुरु भएको छ । अहिले राजसंस्था र पूर...
चैत्र ३ गते, २०८१ - ०७:३५
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भाग...
चैत्र ३ गते, २०८१ - ०७:०५
काठमाडौँ । सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष थप गर्ने भएको छ । विद्युत् विकास विभागले विद्युत् आयोजनाको अनुमतिपत्रसम...
चैत्र ३ गते, २०८१ - ०७:००
तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन् । फूलको व्यापार विस...
चैत्र ३ गते, २०८१ - ०६:५५
धनकुटा । गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थि...
चैत्र ३ गते, २०८१ - ०६:४७
सोलुखुम्बु । ‘खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्य...
चैत्र ३ गते, २०८१ - ०६:४३
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ...
चैत्र ३ गते, २०८१ - ०६:३८
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परी...
चैत्र २ गते, २०८१ - ०९:४४
काठमाडौँ । राष्ट्रियसभामा तीन वर्ष रहँदैगर्दा तितामिठा दुवै अनुभव भयो । नीति निर्माणको क्षेत्रमा के हुने रहेछ भन्ने अनुभव भयो । संसद्भित्र देशको हितमा...
प्रतिकृया लेख्नुहोस्: