काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितोकर्जाका बारेमा कुनै परिवर्तन नगरेपछि शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ ।
साताको पहिलो दिन कारोबार सुरु हुने वित्तिकैदेखि नेप्सेमा गिरावट आएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८०.२९ अङ्कले घटेर दुई हजार ६५१.४९ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.१९ अङ्कले घटेर ५०१.४५ मा ओर्लेको छ । नेप्सेमा उच्च अङ्कको गिरावट आए पनि कारोबार रकम औसतमा छ । कूल २३४ कम्पनीको एक करोड १९ लाख तीन हजार २०२ कित्ता शेयर रु पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार बराबरको कारोबार भयो ।
आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब २२ अर्ब ८७ करोड २८ लाख ३० हजारको हाराहारीमा छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ३४.९७, व्यापार १५९.१७, होटल तथा पर्यटन १४७.०९, विकास बैंक २६७.२५, जलविद्युत् १३२.२, वित्त ६८.०८, निर्जीवन बीमा ३८४.९४, उत्पादन १९२.४१, अन्य ६८.२, लघुवित्त १३९.४, जीवन बीमा ५३८.०३, सामूहिक लगानी कोष ०.२२ र लगानी २।९२ अङ्कले घटेको छ ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितो कर्जामा रहेको सीमामा परिवर्तनको अपेक्षा लगानीकर्ताले गरेका थिए । केन्द्रीय बैंकले तरलताको अभाव भइरहेको बेला उक्त सीमा परिवर्तन नगर्ने स्पष्ट पारेको छ । त्यसैको प्रभाव बजारमा परेको बताइन्छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु २९ करोढ ८१ लाख १९ हजार १६१ बराबरको कारोबार भयो । त्यस्तै, नेपाल पुनरबीमा कम्पनी रु २३ करोड ४८ लाख छ हजार १४७, नेशनल हाइड्रो पावर रु २२ करोड ८५ लाख ९९ हजार ६७५, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड चार लाख ६८ हजार ५६९ र निर्धन उत्थान लघुवित्तको रु १६ करोड २० लाख २३ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार आइसिएफसी फाइनान्स ९.७८, सामलिङ पावर कम्पनी ८.२१, निर्धान उत्थान लघुवित्त ३.४३, नेपाल एसबिआई बैंक २.८६ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले १.५२ प्रतिशतले कमाए । हिमालयन पावर पार्टनर ८.४९, मानुषी लघुवित्त ८.०९, प्राइम लाइफ इन्स्योरेन्स ७.३४, महालक्ष्मी विकास बैंक ७.२५ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ७.१८ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: