Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

एमाले महाधिवेशन : बन्दसत्र हलमा प्रवेश गर्न थाले प्रतिनिधि

खबरडबली संवाददाता

चितवन । चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र साँझ ७ बजे सुरु हुने भनिए पनि ढिला गरी सुरु हुन लागेको हो । आठ बजेका लागि प्रतिनिधिलाई बन्दसत्र हलमा बोलाइएको छ । बिहानको खानापछि बन्दसत्र हलमा प्रवेश गरेका प्रतिनिधि दिनभर बन्दसत्र सुरु हुने नहुने अन्योलमा बसेका थिए । अहिले प्रतिनिधि बन्दसत्र हलमा प्रवेश गर्न थालेको छन् ।

बन्दसत्र सारेर अहिले महाधिवेशन अध्यक्षमण्डलको बैठक बसिरहेको छ । बैठकमा केपी शर्मा ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीमाथि छलफल भइरहेको छ ।
 
महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहनुभएको छ । त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा हुनुुहुन्छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सहमतिमै नेतृत्व चयन गरिने भएकाले बन्दसत्र सुरु गर्न समय लागेको बताए । उनले सहमतिको अन्तिम खाका तयार गर्न शिर्ष नेताहरु जुटेको जानकारी दिए।
 
पार्टी अध्यक्ष ओलीलगायतका नेता दिनभर आवासका लागि प्रबन्ध गरिएको होटेलमा अनौपचारिक छलफलमा जुट्नुभयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कटहरियामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

रौतहट। रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हर...

सुनको मुल्य एकैदिन १५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।  य...

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ।  बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थ...

कोदो मर्ने समस्याले कृषक चिन्तित

पर्वत। निरन्तर चार वर्षदेखि कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा परेका छन् । निकै मेहनत र खर्च गरी लगाएको बाली फल्ने बेलामा मर्न थालेपछि कृषक चिन्त...

अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हु...

बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ । ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित ...

कुपोषण हटाउन सबैको हातेमालो आवश्यक : मुख्यमन्त्री शाह

कैलाली.। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरुको हातेमालो अवश्यक रहेको बताएको छन् । वर्...

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

काठमाडौँ । मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । अब लेबनानको राजधानी...

वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्ताबेज होः परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै...

भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका  उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy