चितवन । चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र साँझ ७ बजे सुरु हुने भनिए पनि ढिला गरी सुरु हुन लागेको हो । आठ बजेका लागि प्रतिनिधिलाई बन्दसत्र हलमा बोलाइएको छ । बिहानको खानापछि बन्दसत्र हलमा प्रवेश गरेका प्रतिनिधि दिनभर बन्दसत्र सुरु हुने नहुने अन्योलमा बसेका थिए । अहिले प्रतिनिधि बन्दसत्र हलमा प्रवेश गर्न थालेको छन् ।
बन्दसत्र सारेर अहिले महाधिवेशन अध्यक्षमण्डलको बैठक बसिरहेको छ । बैठकमा केपी शर्मा ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीमाथि छलफल भइरहेको छ ।
महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहनुभएको छ । त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा हुनुुहुन्छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सहमतिमै नेतृत्व चयन गरिने भएकाले बन्दसत्र सुरु गर्न समय लागेको बताए । उनले सहमतिको अन्तिम खाका तयार गर्न शिर्ष नेताहरु जुटेको जानकारी दिए।
पार्टी अध्यक्ष ओलीलगायतका नेता दिनभर आवासका लागि प्रबन्ध गरिएको होटेलमा अनौपचारिक छलफलमा जुट्नुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १५:५२
नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले दिएको जानक...
फाल्गुन २१ गते, २०८२ - १५:४५
काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म देशभर करिब ७६ लाख मत खसेको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा उक्त संख्यामा मत खसेको निर्वाचन आयोगले जनाएको छ। ब...
फाल्गुन २१ गते, २०८२ - १५:३९
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानदेखि नै मतदाताको उ...
फाल्गुन २१ गते, २०८२ - १५:३४
मकवानपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ । बिहीबार बिहान ७ बजेदेखि स...
फाल्गुन २१ गते, २०८२ - १५:२७
काठमाडौँ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मत खसेको छ । आयोगका अनुसार उपत्यकामा दिउँसो ...
फाल्गुन २१ गते, २०८२ - १५:२४
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका मालु मतदानस्थलबाट ५५ वटा मतपत्र हराएपछि मतदान स्थगित भएको छ । केही व्यक्तिले कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेका...
फाल्गुन २१ गते, २०८२ - १५:१८
हुम्ला। एक घण्टादेखि स्थगित भएको सिमकोट गाउँपालिका–१ को कालाशिल्ता मतदान केन्द्रको मतदान कार्य सुरु भएको छ। मतदान स्थलमा बसेको सर्वदलीय बैठकमा सहमति भ...
फाल्गुन २१ गते, २०८२ - १५:१२
काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका कुनै पनि मतदाता हालसम्म मतदान प्रक्रियामा सहभागी भएका छैनन्। वेदिङ आधारभूत विद्यालय रोल्वालि...
फाल्गुन २१ गते, २०८२ - १५:०६
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार दिउँसो २ बजेसम्म देशभर ६२ लाखभन्दा बढी मत खसेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क...
फाल्गुन २१ गते, २०८२ - १४:५३
काठमाडौं । काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा–५ जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आध...



प्रतिकृया लेख्नुहोस्: