Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्यो

रासस

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । 

एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो। 

बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो तीन दिनमा हात्ती सफारी र जङ्गल सफारी गर्नेको सङ्ख्यामा तीन दोब्बरभन्दा धेरैले वृद्धि भएको जानकारी दिए । 

‘कोरोनाका कारण लामो समय बन्द रहेको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरङ्ग ल्याएको छ’ उनले भने, ‘अहिले देशभरबाट आएका प्रतिनिधि एवं शुभेच्छुकका कारण तत्काल केही पर्यटकीय गतिविधि बढेको छ । यसले दीर्घकालमा अझै धेरै सकारात्मक प्रभाव पार्ने हामीले विश्वास लिएका छौँ ।’ 

विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडा हेर्नका लागि  निकुञ्ज र मध्यवर्ती क्षेत्रमा आउने गरिन्छ । जङ्गल सफारीमा जाने व्यक्तिले छ वटासम्म एक सिङ्गे गैँडा, चराचुरुङ्गी, बँदेल, तीन प्रजातिका चित्तल, सङ्कटापन्न अवस्थाको घडियाल गोही सहजै देख्न सक्ने उनले बताए । 

‘यहाँको मध्यवर्ती क्षेत्रको सफारीमा जाँदा गैँडासहितका केही जनावर सहजरुपमा देख्न पाइन्छ। कहिलेकाहीँ चितुवा र बाघसमेत देख्ने अवसर मिल्छ’ सचिव आचार्यले भने। 

जङ्गल सफारीमा गएका व्यक्ति गैँडासहितका जनावर देख्दा उत्साहित हुने गरेका छन् । पर्वतका एमाले महाधिवेशन  प्रतिनिधि हरिहर पोखरेलले जङ्गल सफारी निकै रोमाञ्चित भएको बताए । 

‘जङ्गल सफारी निकै रमाइलो भयो, दुर्लभ जनावर सहजै देख्न पायौँ। जङ्गल सफारीमा जाँदा त्यस क्षेत्रमा महत्वपूर्ण रुख ढलेर यसै खेर गइरहेका छन् । जङ्गल सफारीलाई केही व्यवस्थित गर्नुपर्ने देखिएको छ’ उनले भने। 

साल सिसौँका रुख सरकारको महत्वपूर्ण सम्पत्ति भएको जनाउँदै नेता पोखरेलले रुखको संरक्षण गर्नुपर्ने बताए । 

‘जङ्गल सफारीमा जाँदा धेरै रुख ढलेको देखेँ, तिनीहरुलाई व्यवस्थित गर्नु जरुरी छ’, उनले भने, ‘ढलेका र पुराना रुख हटाउँदै नयाँ बिरुवा रोपेर त्यसको संरक्षण र जगेर्ना गर्दै पर्यटकीय गतिविधि गर्नुपर्ने देखिन्छ ।’

महाधिवेशनका कारण पहिलोपटक चितवन आएको र यहाँको पर्यटकीय गतिविधिमा संलग्न हुन पाएको मोरङका नेत्रप्रसाद दाहालले बताए । ‘चितवनमा आएर गैँडा हेर्ने धोको पहिल्यैदेखि थियो, यो धोको महाधिवेशनबाट पूरा भयो। यहाँ आएर मैले निकुञ्जको मध्यवर्ती वनमा जीप सफारी, हात्ती सफारी गर्ने अवसर पाएँ’ उनले भने। 

देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेका चितवन रहेको छ । पछिल्लो समय राष्ट्रिय निकुञ्जसहित आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढेका हुन् । 

महाधिवेशनमा सहभागी हुन आउने व्यक्तिका कारण भरिभराउ भएको सौराहाबाट दैनिकरुपमा जीप सफारी तथा हात्ती सफारीबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रको अवलोकनमा प्रतिनिधि जाने गरेका छन् । 

सौराहा र आसपासको क्षेत्रमा छुट्टै रौनकता थपिएको छ । सुस्त रहेको पर्यटकीय गतिविधिमा महाधिवेशनले  दीर्घकालीन रुपमा प्रभाव पर्नेमा व्यवसायी विश्वस्त छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा एसबाट सुदूरपश्चिममा मुख्यमन्त्री बनेका सोडारीलाई विश्वासकोे मत लिन ओलीको अड्को

बालकोटमा पार्टीका नेताहरुलाई बोलाएर भने- विश्वासको मत दिन हतार नगर्नू

सन्दीप लामिछानेको मुद्दामा आज होला सुनुवाइ ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।  यसअघि गत आइतबार अदालतले आज पहिलो प...

बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स...

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना  पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहर...

जनकपुर-जयनगर-भंगाहा रेल सेवा तीन दिनका लागि बन्द

जनकपुरधाम । भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावल...

पाहुनालाई कोसेली ताराखोलाको भुटेको मकै

बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली। डालीभरि भुटेको सिरिम्ले मकै। मकै पनि जिल्लाको ताराखोलाका। शनिबार एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्...

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सड...

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ...

कक्षा ८ को नतिजा नै निराशाजनक, औसत ५० प्रतिशतभन्दा तल

काठमाडौं । कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्तांक कम्प्युटरमा प...

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, राप्रपाले पनि देला ?

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदेछन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies