Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

कांग्रेसको भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित

खबरडबली संवाददाता

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन्। कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित भएका हुन्।  

थापा यसअघि पनि पार्टीको जिल्ला सभापति नै थिए। 

थापाका निकटतम् प्रतिद्वन्द्वी अष्टकुमार कँवेले ४४२ मत प्राप्त गरे।  उपसभापतिमा थापा समूहकै विजेश अवाल (५५९ं) र उर्मिला वन (५१४) निर्वाचित भए। 

सचिवमा सुशील बस्नेत (५५२) र राजेश खड्का (४८५) निर्वाचित भए। सहसचिवमा यादवप्रसाद अधिकारी (५७४) र कृष्णमुरारी न्यौपाने (५१४) विजयी भए। 

जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुरथिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापामगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाइतु र रामबहादुर कासुला निर्वाचित भए। 

यस्तै, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिका आदिवासी जनजातिबाट रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुलाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत तथा मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित भए। 

जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कँवे समूहका उमेशकुमार खड्का विजयी भएका छन्।  त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को कार्यसमिति सदस्यमा वीरबहादुर विश्वकर्मा निर्वाचित भए। 

भक्तपुर क्षेत्र नं २ को आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा निलकमल ध्वजु र पञ्चमाया प्रजापति निर्वाचित भए। गत साता सम्पन्न क्षेत्रीय अधिवेशनका क्रममा मतपत्रमा प्राविधिक त्रुटि भेटिएपछि यो समूहको महाधिवेशन प्रतिनिधिको निर्वाचन स्थगन गरी पुनः जिल्ला अधिवेशनका दौरान निर्वाचन गरिएको हो ।

भक्तपुर क्षेत्र नं २ को महासमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । महासमिति सदस्य खुलामा थापा समूहका मदनकृष्ण श्रेष्ठ र विष्णुराज कार्की निर्वाचित भए भने कँवे समूहका गणेशमान चक्रधर, उद्धव सिलवाल र सन्तोष भट्टराई निर्वाचित भए। 

त्यसैगरी महिला खुलामा अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, आदिवासी जनजाति खुलामा ज्ञानदास प्रजापति र खसआर्य खुलामा लछुराम न्यौपाने विजयी भए । उहाँहरु सबै कँवे समूहका हुन् ।

भक्तपुर क्षेत्र नं १ को महासमिति सदस्य सदस्यमा प्रत्यक्षतर्फ खुलामा बाबुराजा जोशी, कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का र पुष्कर खत्री, आदिवासी जनजातितर्फ खुलामा सुरेश श्रेष्ठ र रजनी जोन्छें, महिलामा राधा कार्की, सुभद्रा काफ्ले, आदिवासी जनजाति महिलामा गङ्गालक्ष्मी अवाल तथा खसआर्य खुलामा हरिप्रसाद नेपाल निर्विरोध चयन भएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending