Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

कांग्रेसको भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित

खबरडबली संवाददाता

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन्। कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित भएका हुन्।  

थापा यसअघि पनि पार्टीको जिल्ला सभापति नै थिए। 

थापाका निकटतम् प्रतिद्वन्द्वी अष्टकुमार कँवेले ४४२ मत प्राप्त गरे।  उपसभापतिमा थापा समूहकै विजेश अवाल (५५९ं) र उर्मिला वन (५१४) निर्वाचित भए। 

सचिवमा सुशील बस्नेत (५५२) र राजेश खड्का (४८५) निर्वाचित भए। सहसचिवमा यादवप्रसाद अधिकारी (५७४) र कृष्णमुरारी न्यौपाने (५१४) विजयी भए। 

जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुरथिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापामगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाइतु र रामबहादुर कासुला निर्वाचित भए। 

यस्तै, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिका आदिवासी जनजातिबाट रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुलाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत तथा मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित भए। 

जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कँवे समूहका उमेशकुमार खड्का विजयी भएका छन्।  त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को कार्यसमिति सदस्यमा वीरबहादुर विश्वकर्मा निर्वाचित भए। 

भक्तपुर क्षेत्र नं २ को आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा निलकमल ध्वजु र पञ्चमाया प्रजापति निर्वाचित भए। गत साता सम्पन्न क्षेत्रीय अधिवेशनका क्रममा मतपत्रमा प्राविधिक त्रुटि भेटिएपछि यो समूहको महाधिवेशन प्रतिनिधिको निर्वाचन स्थगन गरी पुनः जिल्ला अधिवेशनका दौरान निर्वाचन गरिएको हो ।

भक्तपुर क्षेत्र नं २ को महासमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । महासमिति सदस्य खुलामा थापा समूहका मदनकृष्ण श्रेष्ठ र विष्णुराज कार्की निर्वाचित भए भने कँवे समूहका गणेशमान चक्रधर, उद्धव सिलवाल र सन्तोष भट्टराई निर्वाचित भए। 

त्यसैगरी महिला खुलामा अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, आदिवासी जनजाति खुलामा ज्ञानदास प्रजापति र खसआर्य खुलामा लछुराम न्यौपाने विजयी भए । उहाँहरु सबै कँवे समूहका हुन् ।

भक्तपुर क्षेत्र नं १ को महासमिति सदस्य सदस्यमा प्रत्यक्षतर्फ खुलामा बाबुराजा जोशी, कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का र पुष्कर खत्री, आदिवासी जनजातितर्फ खुलामा सुरेश श्रेष्ठ र रजनी जोन्छें, महिलामा राधा कार्की, सुभद्रा काफ्ले, आदिवासी जनजाति महिलामा गङ्गालक्ष्मी अवाल तथा खसआर्य खुलामा हरिप्रसाद नेपाल निर्विरोध चयन भएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending