इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूग बुधबार बताए ।
‘द एक्सप्रेस ट्रिब्युन’ काअनुसार विश्वव्यापी जलवायु शिखर सम्मेलनको लागि राष्ट्रिय सभा सदस्य ९एमएनए० रियाज फट्यानाको ग्लासगो यात्रा र कलहका आरोपहरू मन्त्रीपरिषद् बैठकमा छलफलका लागि आएका विषयहरूमध्ये एक थियो ।
प्रधानमन्त्रीले आँफूले विदेश भ्रमण नगरेको बताउँदै आफ्नो मन्त्रालयका मन्त्रीहरु पनि यस्ता भ्रमणबाट टाढै बस्नु राम्रो हुने बताएको हो ।
सूचना मन्त्री फवाद चौधरीले मन्त्रीहरूभन्दा पनि एमएनए र सिनेटरहरू विदेश जाने गरेको पनि भनाइप्रति धारणा राख्दै खानले सरकारी एमएनए र सिनेटरसमेत विदेश भ्रमणमा जानका लागि यो उपयुक्त समय नभएको बताएका थिए ।
प्रधानमन्त्री खानले भने,“सरकारी कामकाज हाम्रो लागि पहिलो प्राथमिकता हुनुपर्छ ।”
द न्युज इन्टरनेसनलका अनुसार कोभिड–१९ को ओमिक्रोन सङ्क्रमणको खतराप्रति चिन्तित पाकिस्तानले विश्वव्यापी खतराको प्रतिरोध गर्न नयाँ खोप योजनाको घोषणा गरेको छ । जसअन्तर्गत रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरू, स्वास्थ्यकर्मीहरू र ५० वर्षभन्दा बढी उमेरकाहरूलाई अतिरिक्त खोप दिइने योजना पाकिस्तान सरकारले अघि सारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...


प्रतिकृया लेख्नुहोस्: