काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ।
महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङ्देनले आआफ्नो टिम बनाउन सुरु गरेको समाचार आजको नागरिक दैनिकमा छ।
थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ। यसैगरी लिङ्देनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, धवलशमशेर राणा, भाष्कर भद्रा, रेखा थापालगायतलाई समेट्न प्रयास भइरहेको छ।
राप्रपाका तीन अध्यक्षमध्ये यसपटक पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले उम्मेदवारी नदिने भएका छन्। लोहनीले आफ्नो समर्थन लिङ्देनलाई हुने प्रस्ट पारेका छन्।
राणा भने खुलेका छैनन्। बुधबारको बन्द सत्रमा राणाले पार्टीको एकता बचाइराख्न आफू अध्यक्षमा नउठ्ने जनाएका थिए। सर्वसम्मत नेतृत्व चयन गर्न उनले थापा र लिङ्देनलाई आग्रह गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: