काठमाडौँ । कर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले प्रदेश नं २ लाई दुई विकेटले पराजित गरेको हो ।
यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित हुदैँ प्रतियोगिताबाट बाहिरिएको थियो । प्रदेश नं २ को पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ । खेलमा ४६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । कर्णालीको जितमा प्रकाश जैसीले सर्वाधिक १६ रन जोडे। राज शाहले ६, विपीन रावलले ५ तथा रमेश बुढाले ३ रन बनाए ।
बलिङतर्फ प्रदेश २ का राजेश यादवले सर्वाधिक ६ विकेट लिए । विवेक यादवले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको प्रदेश २ ले १३ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनायो । प्रदेश २ का लागि सन्नी साहले सर्वाधिक १२ रन जोडे । सन्तोष कार्कीले ११ रन बनाए । पाँच खेलाडी शून्यमै आउट भए । कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट लिए भने अनुज चनाराले २ विकेट लिए । सात प्रदेश सम्मितलित प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् ।
फाइनल खेल यही मङ्सिर १९ गते हुनेछ । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अङ्कका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । त्यस्तै सुदूरपश्चिम ५ खेलमा ३ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ । लिगको अन्तिम खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार खेल्नेछ । वाग्मती प्रदेश ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अङ्कका साथ चौंथो स्थानमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - १७:३०
काठमाडौं । निर्वाचन आयोग ले मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुन नदिने विषयमा आफू सचेत रहेको जनाएको छ। आयोगका अनुसार यससम्बन्धी जिज्...
फाल्गुन १३ गते, २०८२ - १६:५९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी ग...
फाल्गुन १३ गते, २०८२ - १६:४७
सिद्धार्थनगर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ । जिल्ला प...
फाल्गुन १३ गते, २०८२ - १६:४१
दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भा...
फाल्गुन १३ गते, २०८२ - १६:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र अवस्थाबारे समीक्षा गर्न केन्द्रीय निर्वाचन परिचालन समितिको ...
फाल्गुन १३ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार...
फाल्गुन १३ गते, २०८२ - १६:००
काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेको छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उ...
फाल्गुन १३ गते, २०८२ - १५:५१
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात...
फाल्गुन १३ गते, २०८२ - १५:४३
बिर्तामोड। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। कनकाई नगरपाल...
फाल्गुन १३ गते, २०८२ - १५:२७
काभ्रेपलाञ्चोक। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका द...



प्रतिकृया लेख्नुहोस्: