फुङ्लिङ । माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ ।
ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको हो ।
धराको भेडेटारबाट दसैँयता ७० उडान भएको छ । यस क्रममा ४५० भक्तजन भेडेटारबाट ताप्लेजुङको पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक पविन श्रेष्ठले बताए।
बिहानबिहानै हेलिकोप्टरका आवाजले फुङ्लिङ बजारवासी उठ्ने बानीको विकाससमेत हुँदै गएको ताप्लेजुङका स्थानीयवासी चितेन लिम्बूले बताए ।
सदरमुकाम फुङलिङ, पॉचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री रोसार आएको पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।
धरानबाट रु ३२ हजारमा यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक श्रेष्ठको भनाइ छ। यस वर्ष हेलिकोप्टरमा चढेर पाथीभरा जाने यात्रुको सङ्ख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको धरान होलिडे ट्राभल एण्ड टुरले जनाएको छ ।
यात्रुका हिसाबले एकपटकमा पॉच जना बोक्ने हेलिकोप्टरले धरानबाट एउटा उडानमा रु एक लाख ६० हजार आम्दानी गर्ने गरेका छन् ।
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट रु १० हजार, पॉचथरको फिदिमबाट रु २२ र इलामको कन्यामबाट रु ३५ हजार भाडा लिने गरेको मेवाखोला हिल रिर्सोटका सञ्चालक सुरेश लिम्बूले बताए।
काठमाडौँबाट सिधै आउने यात्रुको सङ्ख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले बताए । तर, हेलिकोप्टरबाट कति सङ्ख्यामा तीर्थयात्री आए तथ्याङ्क राख्ने नगरेको क्षेत्र विकास समितिले जनाएको छ । ‘हामीले पैदल हिँडेर जानेको चाहिँ तथ्याङ्क राख्ने गरेका छौँ, हेलिकोप्टरबाट आउनेको छैन’ काफ्लेले भने।
दसैँको नौरथा सुरु भएको असोज २१ देखि मङ्सिर १४ गतेसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको समितिले जनाएको छ । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्याङ्क समितिसँग छ ।
पाथीभरामा तीर्थयात्रीले चढाएको आठ करोड बैंक मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिमा (सरकारद्वारा गठित समिति) चालु आव २०७८ को असार मसान्तसम्म रु तीन करोड २७ लाख ३० हजार ७५८ बैंक मौज्दात छ ।
पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिमा (समुदायस्तरमा गठित समिति) तीन करोड ३३ लाख ३५ हजार २०७ रहेको छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कूल रु आठ करोड भेटी सङ्कलन बैंक मौज्दात रहेको क्षेत्र विकास समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: