Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

२३ बैंकले गरे लाभांश घोषणाः कसले कति ?

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६  वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।

बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन भने केही बैंक साधारणसभाको तयारीमा छन् । 

सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने जनाएको छ । नबिलले ३३ दशमलव छ प्रतिशत बोनस शेयर तथा चार दशमलव चार प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  गत आवको वितरण योग्य नाफाका आधारमा नेपाल एसबिआइ बैंकले सबैभन्दा कम तीन दशमलव पाँच प्रतिशत बोनस शेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी जम्मा पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

त्यस्तै हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर तथा चार दशमलव ६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ । सानिमा बैंकले १७ प्रतिशत बोनस तथा शून्य दशमलव ८९४७ प्रतिशत नगदसहित १७ दशमलव ८९४७, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा तीन प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा शून्य दशमलव ६३१३ प्रतिशत नगद गरी कूल १६ दशमलव ६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन । नेपाल इन्भेस्टमेन्ट बैंकले १२ दशमलव ६११ प्रतिशत बोनस तथा तीन दशमलव ३८९ प्रतिशत नगदसहित १६ प्रतिशत, सिटिजन्स बैंकले १२ दशमलव ९१३ बोनस तथा तीन दशमलव शून्य ८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने बताएका छन । 

लाभांश घोषणा गरेको एनएमबी बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलव पाँच प्रतिशत बोनस शेयर तथा तीन दशमलव तीन प्रतिशत नगदसहित १५ दशमलव आठ प्रतिशत, एनआईसी एसिया बैंकले १५ प्रतिशत बोनस र शून्य दशमलव ७८९५ प्रतिशत नगद गरी १५ दशमलव ७८९५, नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र तीन दशमलव पाँच प्रतिशत नगद, सिद्धार्थ बैंकले १४ दशमलव २५ बोनस र शून्य दशमलव ७५ प्रतिशत नगदसहित १५ प्रतिशत, माच्छापुच्छ«े बैंकले १३ दशमलव तीन बोनस तथा शून्य दशमलव सात प्रतिशत नगदसहित १४ प्रतिशत , बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र चार प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आइएमइ बैैंकले १० प्रतिशत बोनस तथा तीन दशमलव पाँच प्रतिशत नगदसहित १३ दशमलव पाँच प्रतिशत, स्ट्याण्र्डड चार्टड बैंकले दश प्रतिशत बोनस तथा तीन दशमलव शून्य छ प्रतिशत नगद गरी १३ दशमलव शून्य छ प्रतिशन लाभांश वितरण गर्ने घोषणा गरेका छन् । 

 प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगदसहित १२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । १० प्रतिशत बोनस तथा दुई दशमलव शून्य सात नगदसहित १२ दशमलव शून्य सात प्रतिशत मेगा बैंकले आफ्ना शेयरधनीलाई दिने भएको छ भने लक्ष्मी बैंकले आठ प्रतिशत बोनस तथा तीन दशमलव पाँच नगद गरेर ११ दशमलव पाँच प्रतिशत, एभरेष्ट बैंकले छ प्रतिशत बोनस शेयर र चार दशमलव ३२ प्रतिशत नगद, कुमारी बैंैकले छ प्रतिशत बोनस तथा दुई दशमलव ६७ प्रतिशत नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसि)ले आठ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद र सनराईज बैंकले छ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगदसहित सात प्रतिशत लाभांश वितरण गर्ने बताएको छ । 

अब शेयरधनीलाई लाभांश वितरणको घोषणा गर्न बाँकी रहेका बैंकमा सेञ्चुरी बैंक, सिभिल बैंक र कृषि विकास बैंक छन् । घोषणा भएका लाभांश नियामकको अनुमति र साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले प्राप्त गर्छन् । लाभांश घोषणा गरेकामध्य १४ बैंकले साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द ९बुक क्लोज०को समय तोकेकामा ११ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोजको दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् । घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा र बोनस शेयर डिम्याट खातामा सोझै जम्मा हुने व्यवस्था छ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...

कालीगण्डकीमा हस्तक्षेप रोक्न ब्यानर प्रदर्शन

बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...

मेसको छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

हुलाकलाई 'सरकारी कुरियर' बनाउँदै सरकार: म्याग्दी र मकवानपुरमा सेवा सुरु

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् ।  बगनासकाली ...

भरत खड्काद्वारा सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending