Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

कांग्रेसले मुलुकलाई कुनै पनि दुर्घटनामा पर्न दिँदैन : गगन थापा

खबरडबली संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले अबको एक वर्षसम्म मुलुकलाई कुनै पनि किसिमको दुर्घटनामा पर्न नदिने बताउएका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गर्दै नेता थापाले विसं २०७८ देखि ७८ मङ्सिरसम्म कांग्रेस नेतृत्वको सरकारले सबै प्रकारका निर्वाचन सम्पन्न गरी मुलुकलाई सही दिशामा अघि बढाउने विश्वास व्यक्त गरे । 
 
“म कांग्रेसको महामन्त्रीको उम्मेदवारको रूपमा महाधिवेशनमा उभिँदा अधिवेशनपछि आउने कांग्रेसले यो परिवेशमा जनताको विश्वास जित्ने गरी अबको एक वर्ष कांग्रेसले सरकारको नेतृत्व लिँदा कुनै पनि अस्थिर सम्भावनालाई नेपालभित्र पस्न र फस्न दिँदैन । हामी मुुलुकलाई कुनै पनि खालको दुर्घटनामा पर्न दिँदैनौँ । यो संविधान र व्यवस्थालाई दुर्घटनाबाट जोगाएर सबै तहको निर्वाचन गर्दै जनतालाई केही भरोसा दिने काम गर्छौँ”, नेता थापाले भने । 
 
नेता थापाले आफू पार्टीको महामन्त्री भए पनि नभए पनि पार्टीको सक्रिय सदस्यका रूपमा बाँकी राजनीतिक जीवन क्रियाशील रहेर जनताको जीवन बदल्ने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, “म भोलि पार्टीको महामन्त्री हुन्छु वा हुन्न थाहा छैन । मेरो राजनीतिक यात्रा पदीय जिम्मेवारी कहाँ पुगेर टुङ्गिन्छ, त्यो पनि थाहा छैन । जहाँ पुगोस् यति मात्रै थाहा छ, आगामी १५–१६ वर्ष म कांग्रेसको सक्रिय सदस्य रहन्छु । मेरा दुई छोरी छन् उनीहरु २०–२१ वर्षको हुँदा भोलि म देशको कुनै कुनामा हिँडिरहँदा मायाले ‘जय नेपाल’ भनिदिए हुन्छ, मलाई भूतपूर्वमन्त्री वा विभिन्न पदवी चाहिँदैन मलाई मायाले बोलाइदिने वातावरण भए मेरा छोरीलाई पनि आभास हुन्छ की मेरो बाबुले त्याग गरेको रहेछ । त्यत्ति भए मेरो राजनीतिक जीवन सार्थक हुन्छ ।”
 
नेता थापाले पार्टीले अङ्गिकार गरेको प्रजातान्त्रिक समाजवाद, बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट देशको आर्थिक सामाजिक विकास गर्ने नीतिअनुरुप जनतालाई परिवर्तनका आभास दिलाउन कांग्रेस सक्रिय हुनुपर्ने धारणा राखे । कांग्रेसले नेतृत्व गरेको सरकारको पालामा भएका राम्रा कामको पनि प्रचारप्रसार हुन नसक्दा निरासा पैदा भएको उहाँको भनाइ छ । संविधान बने पनि जनआकाङ्क्षा पूरा नभएको र जनताले व्यवस्थामाथि नै आशङ्का गर्ने अवस्था आएको भन्दै नेता थापाले कांग्रेसले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने विश्वास व्यक्त गरे ।
 
लोकतन्त्र, सङ्घीयता, संविधान, गणतन्त्र समावेशीतालगायत उपलब्धी र व्यवस्थामाथि उब्जेका संशयहरुमाझ नेपाली राजनीतिका आगामी यात्रा असहज देखिएको भन्दै नेता थापाले अहिलेको परिस्थितिमा विकसित भइरहेका चुनौतीपूर्ण घटनाक्रमलाई सही अवतरण नगर्ने हो भने पार्टी र देश दुवैको यात्रा सुगम नहुने प्रष्ट पार । उनेले यस्तो संवेदनशील घडीमा भइरहेको पार्टीको महाधिवेशनले कांग्रेस पार्टीका वैचारिक र साङ्गठनिक पुनःजागरण र रूपान्तरणमार्फत जनतामा पुनः आशाको सन्देश दिन सक्नुपर्ने खाँचो औँल्याए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending