Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

कांग्रेसले मुलुकलाई कुनै पनि दुर्घटनामा पर्न दिँदैन : गगन थापा

खबरडबली संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले अबको एक वर्षसम्म मुलुकलाई कुनै पनि किसिमको दुर्घटनामा पर्न नदिने बताउएका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गर्दै नेता थापाले विसं २०७८ देखि ७८ मङ्सिरसम्म कांग्रेस नेतृत्वको सरकारले सबै प्रकारका निर्वाचन सम्पन्न गरी मुलुकलाई सही दिशामा अघि बढाउने विश्वास व्यक्त गरे । 
 
“म कांग्रेसको महामन्त्रीको उम्मेदवारको रूपमा महाधिवेशनमा उभिँदा अधिवेशनपछि आउने कांग्रेसले यो परिवेशमा जनताको विश्वास जित्ने गरी अबको एक वर्ष कांग्रेसले सरकारको नेतृत्व लिँदा कुनै पनि अस्थिर सम्भावनालाई नेपालभित्र पस्न र फस्न दिँदैन । हामी मुुलुकलाई कुनै पनि खालको दुर्घटनामा पर्न दिँदैनौँ । यो संविधान र व्यवस्थालाई दुर्घटनाबाट जोगाएर सबै तहको निर्वाचन गर्दै जनतालाई केही भरोसा दिने काम गर्छौँ”, नेता थापाले भने । 
 
नेता थापाले आफू पार्टीको महामन्त्री भए पनि नभए पनि पार्टीको सक्रिय सदस्यका रूपमा बाँकी राजनीतिक जीवन क्रियाशील रहेर जनताको जीवन बदल्ने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, “म भोलि पार्टीको महामन्त्री हुन्छु वा हुन्न थाहा छैन । मेरो राजनीतिक यात्रा पदीय जिम्मेवारी कहाँ पुगेर टुङ्गिन्छ, त्यो पनि थाहा छैन । जहाँ पुगोस् यति मात्रै थाहा छ, आगामी १५–१६ वर्ष म कांग्रेसको सक्रिय सदस्य रहन्छु । मेरा दुई छोरी छन् उनीहरु २०–२१ वर्षको हुँदा भोलि म देशको कुनै कुनामा हिँडिरहँदा मायाले ‘जय नेपाल’ भनिदिए हुन्छ, मलाई भूतपूर्वमन्त्री वा विभिन्न पदवी चाहिँदैन मलाई मायाले बोलाइदिने वातावरण भए मेरा छोरीलाई पनि आभास हुन्छ की मेरो बाबुले त्याग गरेको रहेछ । त्यत्ति भए मेरो राजनीतिक जीवन सार्थक हुन्छ ।”
 
नेता थापाले पार्टीले अङ्गिकार गरेको प्रजातान्त्रिक समाजवाद, बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट देशको आर्थिक सामाजिक विकास गर्ने नीतिअनुरुप जनतालाई परिवर्तनका आभास दिलाउन कांग्रेस सक्रिय हुनुपर्ने धारणा राखे । कांग्रेसले नेतृत्व गरेको सरकारको पालामा भएका राम्रा कामको पनि प्रचारप्रसार हुन नसक्दा निरासा पैदा भएको उहाँको भनाइ छ । संविधान बने पनि जनआकाङ्क्षा पूरा नभएको र जनताले व्यवस्थामाथि नै आशङ्का गर्ने अवस्था आएको भन्दै नेता थापाले कांग्रेसले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने विश्वास व्यक्त गरे ।
 
लोकतन्त्र, सङ्घीयता, संविधान, गणतन्त्र समावेशीतालगायत उपलब्धी र व्यवस्थामाथि उब्जेका संशयहरुमाझ नेपाली राजनीतिका आगामी यात्रा असहज देखिएको भन्दै नेता थापाले अहिलेको परिस्थितिमा विकसित भइरहेका चुनौतीपूर्ण घटनाक्रमलाई सही अवतरण नगर्ने हो भने पार्टी र देश दुवैको यात्रा सुगम नहुने प्रष्ट पार । उनेले यस्तो संवेदनशील घडीमा भइरहेको पार्टीको महाधिवेशनले कांग्रेस पार्टीका वैचारिक र साङ्गठनिक पुनःजागरण र रूपान्तरणमार्फत जनतामा पुनः आशाको सन्देश दिन सक्नुपर्ने खाँचो औँल्याए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...

कालीगण्डकीमा हस्तक्षेप रोक्न ब्यानर प्रदर्शन

बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...

मेसको छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

हुलाकलाई 'सरकारी कुरियर' बनाउँदै सरकार: म्याग्दी र मकवानपुरमा सेवा सुरु

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् ।  बगनासकाली ...

भरत खड्काद्वारा सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending