जाजरकोट । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको रिग्मोगाउँमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । फोक्सुण्डो ताल छेउमै रहेको रिग्मोगाउँका महिलाले पहिलोपटक घर छेउमै स्वास्थ्य परीक्षण गराएका हुन् ।
डोल्पाको टासिडी नामक संस्थाको सहकार्यमा, बोदिसतो बिहार र कान्छीमाया तामाङ फाउण्डेशनले सो सेवा उपलब्ध गराएको हो ।
गर्भवती हुँदा स्वास्थ्य परीक्षण गराउनसमेत नपाउने उपल्लो डोल्पामा महिलाले पहिलोपटक घर नजिकै स्वास्थ्य परीक्षणको सुविधा पाएको कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष दिलबहादुर तामाङले बताए।
आँगनमै आएर सेवा दिनेलाई धन्यवाद दिँदै पहिलोपटक उपचार पाउँदा खुशीको सीमा नरहेको साङमु रोकायाको भनाइ छ ।
उनले भने, ‘गर्भवती हुँदा भिडियो एक्सरेका लागि दुई दिन हिँडेर सदरमुकाम दुनै जानुपर्ने बाध्यता थियो, टाढा भएकाले कहिले गएका थिएनौँ ।’
४० गर्भवती महिलाको भिडियो एक्सरे र ग्यास्ट्रिक, पाठेघर खसेका, घुँडा दुख्नेजस्ता रोगका बिरामी गरी १५० जनाको उपचार गरिएको छ ।
बोदिसतो बिहार, कान्छीमाया तामाङ फाउण्डेशनले करिब रु तीन लाखको भिडियो एक्सरे मेसिन रिग्मो स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । फोक्सुण्डोका गर्भवतीलाई अब दुनै आउनुपर्ने बाध्यता हटेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - ०८:१४
गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहक...
पौष २८ गते, २०८२ - ०७:५६
दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...
पौष २८ गते, २०८२ - ०७:५०
झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ
पौष २८ गते, २०८२ - ०७:३५
काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...
पौष २८ गते, २०८२ - ०७:३०
२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने
पौष २८ गते, २०८२ - ०७:२३
चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...
पौष २८ गते, २०८२ - ०७:१९
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...
पौष २८ गते, २०८२ - ०७:१६
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...
पौष २८ गते, २०८२ - ०७:०६
काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...
पौष २८ गते, २०८२ - ०७:०३
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...




प्रतिकृया लेख्नुहोस्: