काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगले बिहिबार एक सूचना प्रकाशित गरेर आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरेको हो।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० मा सकिँदै छ । रिक्त हुने पदमा एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।
नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ कार्यकाल समाप्त हुँदैछ।
राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ।
यी हुन् पदमुक्त हुने सांसद
अगम प्रसाद वान्तवा राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
उषा शर्मा पौडेल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
कविता बोगटी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
कोमल वली, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
खिम कुमार वि.क, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
दुर्गा नारायण पाण्डेय, नेपाली कांग्रेस
जीवन बुढा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
ठगेन्द्र प्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टी ( नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)
तारा देवी भट्ट, नेपाली कांग्रेस
दीनानाथ शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
नैनकला ओझा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
परशुराम मेथ्री गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
राधेश्याम अधिकारी, नेपाली कांग्रेस
राम लखन चमार, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
रामनारायण बिडारी, मनोनित
शशिकला दाहाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
शान्ती कुमारी अधिकारी जिसी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)
शेरबहादुर कुवर, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)
सुमनराज प्याकुरेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - ०९:०६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...
फाल्गुन २१ गते, २०८२ - ०८:५५
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...
फाल्गुन २१ गते, २०८२ - ०८:५१
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...
फाल्गुन २१ गते, २०८२ - ०८:४८
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...
फाल्गुन २१ गते, २०८२ - ०८:४५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...
फाल्गुन २१ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...
फाल्गुन २१ गते, २०८२ - ०७:५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...
फाल्गुन २१ गते, २०८२ - ०७:५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् । सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...
फाल्गुन २१ गते, २०८२ - ०७:३९
मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...
फाल्गुन २१ गते, २०८२ - ०७:२८
काठमाडौँ । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...



प्रतिकृया लेख्नुहोस्: