Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

लुम्बिनीमा सडक खाना महोत्सव हुने

खबरडबली संवाददाता

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा सांस्कृतिक महोत्सव तथा सडक खाना महोत्सव हुने भएको छ । लुम्बिनी होटल सङ्घले आज लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा लुम्बिनीको मुख्य बजार महिलवारमा पुस १६ र १७ गते लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो । 

महोत्सवमा विभिन्न खानाका परिकारका एक सयभन्दा बढी स्टल रहने छन् । महोत्सवको आकर्षणका रूपमा विभिन्न देशका खानाका परिकार, स्थानीय बिराहा नाच,  विभिन्न जातिहरुको संस्कृति झल्कने प्रस्तुति तथा सांस्कृतिक कार्यक्रम रहने अध्यक्ष गोविन्द ज्ञवालीले बताए । 

कोरोना महामारीका कारण विगत दुई वर्ष सडक खाना महोत्सव आयोजना गर्न नसकिएकाले यसपटकको महोत्सव विशेष रहने उनको भनाइ छ ।

सङ्घका अनुसार महोत्सवमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा विभिन्न पालिकाको सहयोग रहने छ । खाना महोत्सवमा रुपन्देहीसहित कपिलवस्तु, नवलपरासीलगायत भारतीय सीमावर्ती बजारका साथै लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरूको समेत सहभागिता रहने छ ।

लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवमा नेपाली विभिन्न जातजातिका खाना, विदेशीमा भारतीय, चिनियाँ, थाई, कम्बोडियली, कोरियाली, श्रीलङ्ककाली, युरोपेली देशका खानाका परिकारसमेत राख्ने तयारी गरिए पनि कोरोना महामारीका कारण लुम्बिनीका बिहार बन्द रहेकाले सम्भव नदेखिएको उपाध्यक्ष लीलामणि शर्माले बताए । 

खाना महोत्सव अवधिमा होटलमा बास बस्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि लुम्बिनी क्षेत्रका होटलमा आवासमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । 

महोत्सवस्थलमा आवतजावतका लागि स्थानीय यातायात व्यवसायीसँगको समन्वयमा निःशुल्करूपमा छोटो दूरीका सार्वजनिक सवारी साधनको व्यवस्था मिलाइएको महासचिव पुरुषोत्तम अर्यालले बताए । महोत्सव आयोजनाका लागि ३३ लाख पाँच हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending