काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनपछि बहुमत प्राप्त पहिलो पार्टी बन्ने दाबी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले अन्तपार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टीमा लोकप्रियता बढेको दाबी गरेका छन्।
अपानिमा भनिएको छ, ‘हाम्रो पार्टी र पार्टीको मुख्य नेतृत्वका विरुद्धमा घेराबन्दी र आक्रमण भइरहेको बेलामा हामीले विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशन अभुतपूर्व र ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न गरेका छौं । अब हामीले महाधिवेशनलेतय गरेको राजनीतिक कार्यदिशा र कार्यभार पुरा गर्नेगरी पार्टी कामलाई पुनःव्यवस्थित, सुदृढ र एकताबद्ध बनाउनु आवश्यक छ ।’
पार्टीविरुद्धको सत्ता गठबन्धनले नेपालको राष्ट्रिय राजनीतिलाई दुई धु्रबमा विभाजित गरिदिएको उल्लेख गरेका छन्।
‘एउटा धु्रबको नेताका रुपमा हाम्रो पार्टी खडा भएको छ र अर्को ध्रुबका रुपमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय सत्ता गठबन्धन छ । सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिहरूको सामना गर्ने क्रममा हामीले आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुनेछौँ’ अपानिमा भनिएको छ।
अबको एक वर्षभित्रमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्न निर्देशन दिएका छन्। देशमा अस्थिरता सिर्जना गर्ने र राजनीतिक स्थायित्व कायम हुन नदिने प्रपञ्चअनुरुप पार्टी र नेतृत्वका विरुद्धमा नियोजित हमला हुँदै आएका उल्लेख गरेका छन्।
पार्टीको लोकप्रियता हिजोको तुलनामा अझै ज्यादा बृद्धि भएको दाबी गरेका छन्।
अपानिमा भनिएको छ, ‘अब हामीले स्वाधीनता र स्वाभिमानको पक्षमा उभिनेसम्पूर्ण देशभक्त नेपालीहरूको साझा पार्टीका रुपमा, विकास र समृद्धिको आकांक्षा राख्ने सबै नेपालीहरूको बलियो साथ र समर्थन प्राप्त भएको पार्टीका रुपमा र जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने कुरामा सहमत सबै प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा नेकपा (एमाले)को विकास गर्नुपर्दछ ।’
पार्टीको दोस्रोपूर्ण बैठकबाट महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान तीन महिना सञ्चालन गर्ने निर्णय गरेको छ। महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसंगठनको संगठनात्मक कामलाई व्यवस्थित गर्नेमहत्वपूर्ण कार्ययोजना अघि बढाउने भएको छ।
‘हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ । म त्यस दिशामा अग्रसर हुन सम्पूर्ण कमरेडहरूलाई हार्दिक आह्वान गर्दछु’ अपानिमा उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: