Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

सिंहदरबार परिसरका अव्यवस्थित अस्थायी चमेना गृह जेठ २७ भित्र बन्द गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पहलपछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले सम्बन्धित मन्त्रालयहरूलाई ती चमेना गृह बन्द गर्न औपचारिक पत्राचार गरेको हो।

निर्देशनअनुसार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिसरमा अस्थायी रूपमा सञ्चालन भइरहेका चमेना गृहहरू हटाइने छन्। ती सबैलाई यही जेठ २७ गतेभित्र बन्द गरिसक्न भनिएको छ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार यसअघि पनि यस्ता संरचना हटाउने विषयमा पत्राचार गरिएको थियो। तर २०७५ साल भदौ ३१ गते तत्कालीन मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकले सिंहदरबार परिसर व्यवस्थापनका क्रममा मन्त्रालय परिसरका चमेना गृह हटाउने निर्णय गरे पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको थिएन।

त्यसैगरी, नेपाली कांग्रेस र नेकपा एमालेका संसदीय दलका कार्यालय परिसरमा रहेका चमेना गृह पनि हटाइने भएका छन्। संघीय संसद् सचिवालयले दुवै दलका कार्यालयलाई पत्राचार गर्दै १५ दिनभित्र ती चमेना गृह हटाउन निर्देशन दिएको हो।

पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जेठ १२ गते संसद् सचिवालयलाई पत्राचार गरेको र सोही आधारमा जेठ १३ गते दुवै दलका कार्यालयलाई सूचना पठाइएको जनाइएको छ।

सरकारले सरकारी परिसरभित्र अव्यवस्थित अस्थायी संरचना हटाएर व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्य लिएको बताइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रसङ्घमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...

सहकारी अनियमिततामा संलग्नमाथी छानबिन गरि कारवाही गर्न आयोगको सिफारिस

काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...

आगामी बजेटमा स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...

सिंहदरबार परिसरका अव्यवस्थित अस्थायी चमेना गृह जेठ २७ भित्र बन्द गर्न निर्देशन

काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...

एसियन गेम्स छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ ।  महिला क्रिकेटको दोस्रो...

सरकारको कार्यशैली देखेर जनतामा निराशा बढेको छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...

भारतको बिहारमा डुङ्गा दुर्घटना - तीन जनाको मृत्यु, पाँच बेपत्ता

नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...

अन्तर्राष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छ: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवर्धनका लागि प्रभावकारी रूप...

मानव अधिकार आयोगको प्रतिवेदनबारे कांग्रेसले माग्यो सरकारको धारणा

काठमाडौं । नेपाली कांग्रेस ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को प्रतिवेदनबारे सरकारसँग आधिकारिक धारणा माग गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending